पोखराबाट ३ लाख ७५ हजार सहित जुवा खेल्दै गरेका ७ जना पक्राउ

89

पोखरा, ३० असार /कास्की प्रहरीले पोखराबाट ठुलो रकम सहित जुवा तास खेल्ने ७ जना पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका ८ सृजनाचोक स्थित मार्फा गेष्ट हाउस एण्ड थकाली भान्छा घरबाट ७ जनालाई पक्राउ गरेको हो ।

कविन तुलाचनले अबैध रुपमा जुवातास खेलाई रहेको छ भन्ने गोप्य सुचनाको आधार प्रहरीले पक्राउ गरेको हो । कास्की प्रहरीबाट खटिएको सादा पोशाकमा खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न ७ जना मानिसहरुलाई तास खेलि खेलाईरहेको अबस्थामा ४ बुक तास सहित नगद ३ लाख ७५ हजार ४ सय २० सहित पक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा

१ जि।कास्की पोखरा लेखनाथ महानगरपालिका ९ महेन्द्रपुल बस्ने बर्ष ५१ को भुपेन्द्र हिराचन
२ जि।कास्की पोखरा लेखनाथ महानगरपालिका ७ एर्पोर्ट बस्ने बर्ष ३७ की प्रेम कुमारी गुरुङ
३ जि।कास्की पोखरा लेखनाथ महानगरपालिका ५ जिरो किमि बस्ने बर्ष ४१ को ठाकुर प्रसाद गुरुङ
४ जि।कास्की पोखरा लेखनाथ महानगरपालिका ८ बस्ने बर्ष ४३ को कविन तुलाचन ९ खेलाउने०
५ जिल्ला रोल्पा थवाङ गा।पा।वडा नं। ५ बस्ने बर्ष ४५ को दिल ब।घर्ति
६ जि।म्याग्दी अन्नपुर्ण गा।पा।वडा नं।३ बस्ने बर्ष ३५ की भिमा पुन
७ जिल्ला मुस्ताङ घरवाझोङ गा।पा।वडा नं ३ बस्ने बर्ष ६० को फनेल्द्र थकाली

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...