कास्कीको ह्याङ्जाकोटमा पुषे पन्ध्रम तथा ल्होसार मेला सुरु

पोखरा, २३ पुस / कास्कीको पर्यटकिय गाँउ ह्याङ्जाकोटमा मंगलबारदेखि पुषे पन्ध्रम तथा ल्होसार मेला सुरु भएको छ । जय बराह युवा क्लबको आयोजनामा सुरु भएको मेला २५ गते सम्म कास्कीको माछापुच्छ«े गाँउपालिका ६ धिताल, ह्याङ्जाकोटमा हुदैछ ।

मेलाको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य रामजी बराल (जीवन) ले गर्नुभएको हो । उद्घाटन समारोहमा बरालले गाँउ गाँऊमा आयोजना हुने यस्तो खालको मेला महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । मेला संगसंगै खेल भईरहदा खेलाडीको उर्जा बढ्नुका साथै आपसी भाईचाराको सम्बन्ध बढ्ने उनको भनाई थियो ।

ह्याङ्जाकोटसंग आफ्नो पहिलेदेखि कै राम्रो सम्बन्ध भएकोले बिकाश निर्माणको काममा आफ्नो सक्दो सहयोग रहने पनि उहाँको भनाई थियो । गुरुङहरुको महान पर्व ल्होसारको अवसरमा बर्षेनी गरिदै आएको मेलालाई यो बर्ष पनि निरन्तरता दिन लागिएको क्लबका सल्लाहकार अनिल गुरुङले बताए ।

मेला २०४६ देखि गरिदै आएको उनको भनाई छ । ‘गाँउको चिनारीको लागि हाम्रो सक्रियता’ भन्ने मुल नाराको साथ हुन लागेको मेलामा वडास्तरिय पुरुष भलिवल प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, रसी तान्ने प्रतियोगिता गरिने मेला संयोजक सुन्दर गुरुङले जानकारी दिए ।

क्लबका अध्यक्ष रविन गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतियोगिता संयोजक सुन्दर गुरुङ स्वागत तथा माछापुच्छ«े गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्ष हरिश्चन्द्र ढुङ्गानाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सोमनाथ गौतमले गरेका थिए ।

भलिबलमा घलेलको बिजयी सुरुआत

मेलाको आकर्षणको रुपामा रहेको पुरुष भलिबल अन्र्तगत बौद्ध शान्ति युवा क्लब घलेलले बिजयी सुरुवात गरेको छ ।

जय बराह युवा क्लब ह्याङ्जाकोटको खेल मैदानमा भएको पहिलो खेलमा बौद्ध शान्ति युवा क्लब घलेलले म्याग्दीचोक युवा क्लब हेम्जालाई २२–२५, २५–१७ र २५–१९ को सेटमा हराएको मेला संयोजक सुन्दर गुरुङले जानकारी दिए ।

आगामी २५ गते सम्म सञ्चालन हुने भलिवल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । भलिबल प्रतियोगिताको बिजेता टिमले ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद ६० हजार रुपैयाँ प्राप्त गर्नेछ त्यस्तै उपबिजेता टिमले ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद ४० हजार प्राप्त गर्ने गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...