कास्कीका प्रतिभा वान विद्यार्थी छनौट

पोखरा, ७ जेठ/जिल्ला शिक्षा कार्याल कास्की कास्की विभिन्न विद्यालयमा अध्ययन गर्ने प्रतिभावान विद्यार्थी छनौट गरेको छ । विभिन्न विद्यामा छनौट गरि विद्यार्थीहरुलाई पश्चिमाञ्चल क्षेत्रिय विद्यार्थी प्रतिभा पहिचानको लागि छनौट गरेको छ । छनौट भएका विद्यार्थीले क्षेत्रिय रुपमा प्रतिस्पर्धा गर्ने छन् ।

कास्कीका प्रतिभा वान विद्यार्थी छनौट
कास्कीका प्रतिभा वान विद्यार्थी छनौट

कास्कीबाट गणित तर्फ सितलादेवी माविका प्रविण शर्मा प्रथम हुदै छनौट भएका छन् । त्यसै गरि विज्ञान तर्फ सैनिक आवसिय विद्यालयकका समिर कार्की प्रथम, सितलादेवी माविका दिपेश लम्साल दोस्रो र जनप्रिय उच्च माविका कुल गुरुङ तेस्रो भए । त्यसै गरि भाषा सहित्यमा सितलादेवी माविका संकल्प बराल पहिलो, जनप्रिय उच्च माविका बालचन्द्र रिजाल दोस्रो र पश्चिमाञ्चल उच्च माविका अकृति गौतम तेस्रो भए ।

चित्रकला तर्फ सैनिक आवसियका विशाल श्रेष्ठ प्रथम, सिद्धबराह उच्च माविका सुमन परियार दोस्रो, सारदा माविका मनोज पुन तेस्रो भए । नृत्य, गायनमा सैनिक आवासि माविका स्मृती पौडेल पहिलो, सिद्ध बराह उच्च माविका रिता परियार दोस्रो र सारदा उच्च माविका नृत्यकला पुन तेस्रो भए । पहिलो, दोस्रो र तेस्रोले क्रमश नगद ३ हजार, २ हजार र १ हजार प्राप्त गरे । विजयी विद्यार्थीलाई कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको संचालन खेमराज पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...