कास्की प्रहरीका डिएसपी रवीन्द्र गुरुङको सरुवा, केसी आउने

पोखरा, १८ जेठ /जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङको सरुवा भएको छ ।

लामो समय पोखराका विभिन्न कार्यालयमा कार्यरत गुरुङको सरुवा भएको हो । गुरुङको लमजुङ जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको जानकारी प्राप्त भएको छ ।

उनको सरुवापछि कास्कीमा राजकुमार केसी सरुवा भएर आउने भएका छन् । उनी जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत थिए ।

कमेन्टहरु
Loading...