कास्की जिल्ला अदालतमा झण्डै ७० प्रतिशत मुद्दा फछ्र्यौट

‘मुद्दा फछ्र्यौटमा न्यायाधीश भण्डारी नेपालमानै पहिलो’
पोखरा, २८ साउन /कास्की जिल्लामा आर्थिक वर्ष ०७२।०७३ मा ६९.८३ प्रतिशत मुद्दा फछ्र्यौट भएका छन् । अदालतले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी दिएको जानकारी अनुसार अदालतका न्यायाधीश नरिश्वर भण्डारीले सबैभन्दा बढी १ हजार ६९ मुद्दा फछ्र्यौट गर्न सफल भएका छन् ।

कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश शेखर प्रसाद पौडेल, न्यायाधीशहरु नागेन्द्रलाल कर्ण, नरिश्वर भण्डारी, नारायण प्रसाद दाहाल, विष्णु प्रसाद गौतम
कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश शेखर प्रसाद पौडेल, न्यायाधीशहरु नागेन्द्रलाल कर्ण, नरिश्वर भण्डारी, नारायण प्रसाद दाहाल, विष्णु प्रसाद गौतम

यो फछ्र्यौट संख्या सँगै न्यायाधीश भण्डारीले एकै वर्षमा धेरै मुद्दा फछ्र्यौट गर्नेमा आफुलाइ नेपालभर पहिलो स्थानमा पु¥याउन सफल भएका छन् । यसैगरी जिल्ला न्यायाधीश शेखर प्रसाद पौडेल, न्यायाधीश अनन्तराज डुम्रे, न्यायाधीश नागेन्द्रलाल कर्ण, न्यायाधीश नारायण प्रसाद दाहाल, न्यायाधीश विष्णु प्रसाद गौतमले पनि लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट गरेका छन् । न्यायाधीश पौडेल गत माघबाट, दाहाल गत पौषबाट र गौतम गत बैशाखबाट कास्की जिल्ला अदालतमा सरुवा भई आएका हुन् ।

यसैगरी जिल्ला न्यायाधीश राम प्रसाद ओली गत पौषसम्म र न्यायाधीश चुरामन ख्डका र न्यायाधीश पुरुषोत्तम ढकाल गत साउन महिनासम्म कार्यरत रहेका थिए । यसरी सबै न्यायाधीशको आर्थिक वर्ष ०७२।०७३ मा लक्ष्य भन्दा प्रगती बढी भएको अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपालले जनाए । यता आर्थिक वर्ष ०७२।०७३ मा ३ हजार ४ सय ५१ थान मुद्दा दर्ता भएका छन् । मुद्दा दर्ता संख्या अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो वर्ष १ हजार ९ सय ६४ थान मुद्दा दर्ता भएका थिए ।

यो वर्ष भित्र दर्ता भएका मुद्दामा सम्बन्धविच्छेद मुद्दा सबैभन्दा धेरै ५ सय ९१ थान दर्ता भएका छन् । आर्थिक वर्ष ०७२।०७३ मेलमिलाप केन्द्रमा पठाइएका मुद्दा मध्ये १७ थान मुद्दा सफल भएका छन् । अदालतले सञ्चालन गरेको फैसला कार्यान्वयन विशेष अभियानबाट २ लाख ७० हजार ३ सय ८४ रुपैयाँ नगद र २४ वर्ष १ महिना १३ दिन कैद असुल गर्न सफल भएको छ । अदालतले आर्थिक वर्ष ०७३।०७४ मा ३ हजार ८ सय नयाँ मुद्दा दर्ता हुने अनुमान गरेको छ । पत्रकार सम्मेलनमा कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश शेखर प्रसाद पौडेल, न्यायाधीशहरु नागेन्द्रलाल कर्ण, नरिश्वर भण्डारी, नारायण प्रसाद दाहाल, विष्णु प्रसाद गौतम, स्रेस्तेदार कृष्ण प्रसाद नेपाल, तहसिलदार खुम प्रसाद भण्डारी र शाखा अधिकृत भोलाराज पौडेलले बोलेका थिए ।

कमेन्टहरु
Loading...