कास्कीमा ४ सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण

पोखरा, २५ असार / गण्डकी प्रदेशमा बिहीबार थप २० जनामा कोरोना संक्रमण देखिएको छ । यो सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, जनस्वास्थ्य प्रयोगशाला, हेटौडा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २० जना संक्रमण देखिएको हो ।

लमजुङमा ५ जना, नवलपुर र कास्कीमा ४/४ जना, गोरखा, म्याग्दी र बागलुङमा १/१ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु कोइरालाले जानकारी दिए ।

उनीहरुलाई सम्बन्धीत जिल्लाको आईसोलेसन कक्षमा राखेको शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या ३८६ पुगेको छ भने चार जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...