कास्कीका तीनै जना कोरोना संक्रमित भारतबाट फर्किएका

पोखरा, २४ जेठ / शनिबार बिहान कोराना संक्रमण पुष्टि भएका कास्की तीनै जना भारतबाट आएको व्यक्ति भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखराको सृजनाचोकस्थित क्वारेन्टिनमा रहेका पोखरा महानगरपालिका वडा नम्बर २७ का पुरुष हुन् । उनी तीन दिन पहिले भारतबाट आएको पोखरा महनगरपालिकाका मेयर मानबहादुर जिसीका स्वकिय सचिब लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

त्यसै गरी रुपा गाउँपालिका कोरोना संक्रमण पुष्टि भएका २ युवा पनि ३ दिन अघिमात्र भारतबाट आएका थिए । उनीहरु गाउँपालिका निमार्ण गरेको हंसपुरका रामकोट क्वारेन्टिनमा बस्दै आएका थिए ।

हंसपुर घर भएका २३ र ३२ वर्षे युवा भारतबाट आएर हंसपुरको रामकोटस्थित क्वारेन्टाइनमा बसेका थिए । हैदराबादबाट ४ जनाको टोली रुपामा आएको थियो ।  संक्रमित दुवै जनालाई पोखराको कोरोना डेडिकेटेड अस्पताल ल्याएका छन् ।

शनिबार बिहान कास्कीमा ३ सहित गण्डकीमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कास्कीमा संक्रमितको संख्या ४ पुगेको छ । पोखराबाट काठमाडौ लगिएका ६० वर्षे पुरुषमा शुक्रबार कोराना पुष्टि भएको थियो ।

कमेन्टहरु
Loading...