कास्कीमा २२ दलको उम्मेद्वारी, ६ स्वतन्त्र, तीन वागी (को को उठे नामावली सहित)

सागर राज तिमिल्सिना
पोखरा, १७ असोज/सविधान सभाको निवार्चनका लागी कास्कीका २२ दलले उम्मेद्वारी दर्ता गरेका छन् भने ६ जना स्वतन्त्र र तीन जनाले वागी उम्मेद्वारी दर्ता दिएका छन् । कास्की सबै गरेर ८० जनाको उम्मेद्वारी परेको छ । जसमा १० जना महिला छन् भने ७० जना पुरुष रहेका छन् ।

एमोवादी र एमालेकाका वागी उम्मेद्वारी

संविधान सभा निवार्चका लागी कास्कीमा एकिकृत नेकपा माओवादीको क्षेत्र नम्बर ३ र ४ वागी उम्मेद्वारी दिएका छन् । त्यसै गरि एमालेको क्षत्रे नम्बर ४ मा पनी बागी उम्मेदवारी परेको छ । एमाओवादी रामजी बरालको ठाउँमा एमाओवादीका महेश्वर अधिकारी र गुप्त बहादुर हमालको ठाउँमा राजेन्द्र तमुले बागी उम्मेद्वारी दिएका छन् । त्यसै गरि एमालेका सिता गिरीको ठाउँमा बेल बहादुर थापाले बागी उम्मेद्वारी दिएका छन् ।

0

5

64

3

1

2

कमेन्टहरु
Loading...