कास्कीको सीडीयो फेरिए, केसी जादै ढकाल आउदै

पोखरा, ३ चैत /गृह मन्त्रालयले २६ जना सह–सचिवहरुको सरुवा गरेको छ । सरुवा गरिएका मध्ये १० जना प्रमुख जिल्ला अधिकारी छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको सरुवा भएको छ । केसीको अध्यागमन विभाग कालिकास्थानमा सरुवा भएको छ । कास्कीमा गृहमन्त्रायलमा रहेका ज्ञान प्रसाद ढकाल कास्कीमा प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ ।

त्यसै गरि धनुषाका प्रदीपराज कँडेल, मकवानपुरका नारायणप्रसाद भट्ट, बाराका फडिन्द्रमणि पोखरेल सरुवा भएको छ ।

तनहुँका रुद्रप्रसाद पण्डित, सिराहाका गोपालकुमार अधिकारी र ध्रुवबहादुर खड्कालाई कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । त्यस्तै, पाँचथरमा मुरारी वस्ती र अछाममा भोजराज श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको छ ।

कमेन्टहरु
Loading...