जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेका सबै पास रद्द

पोखरा, १ जेठ / जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेका सबै पास रद्द गर्ने सूचना प्रकासन गरेको छ ।

कास्की प्रशासनले यसअघि जारी भएका सबै पास जेठ २ गतेदेखि मध्येराती देखी रद्द गर्ने निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

जेठ १ गते देखि अन्तरजिल्ला आउजाउका लागि दिएका पास रद्द भएपछि जिल्ला भित्र सवारी साधन सञ्चालनका लागि दिइएका सबै पास पनि खारेज गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

कोरोना संक्रमण दर बढेपछि मन्त्रालयले आवात जावतमा कडाई गर्न जेठ १ गतेदेखि अन्तरजिल्लाका लागि दिइएका इपास र अन्य पास रद्द गर्ने निर्णय गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्की
जिल्ला प्रशासन कार्यालय कास्की
कमेन्टहरु
Loading...