कास्कीका प्रमुख जिल्ला अधिकारी (CDO)चक्रबहादुर बुढाले भने बिचौलियालाई प्रबेश निषेध

श्याम राना
पोखरा, १६ साउन/कास्कीका प्रमुख जिल्ला अधिकारी (CDO)चक्रबहादुर बुढाले स्थानीय सरकार र प्रदेश सरकारको कामको बिषयमा अझै अन्यौल भएको बताएका छन् । साउन १५ गते पद बहाल भए पछि बुधबार पत्रकार सगँ कुराकानी गर्दै बुढाले सबै कानुन बनि नसकेका कारण अन्यौलता रहेको सुनाए ।

उनले सेवा प्रवाहमा सम्बन्धि समस्या लिएर सेवाग्राही आएमा तुरुन्तै कारबाहि गरिने बताए । ‘कार्यालयमा फोन सम्पर्क, ईमेल एसएमएस गर्न पनि सक्नुहुन्छ,’ उनले भने, ‘कार्यालयमा सुचना शाखामा बुझेर सिधै कार्यालय प्रमुखलाई पनि भेट्न सक्नुहुन्छ ।’ कार्यालयमा बिचौलियाको प्रवेश बन्द गर्ने उनले बताए ।

फेवाताल तथा सार्वजनिक जग्गा अतिक्तमण जस्ता समस्यालाई पनि महानगरको निर्णय पछि समन्वय गरेर कार्यान्वयनमा ल्याउने उनले सुनाए । यातायातमा लगायतका सिन्डिकेट अन्त्यको लागि जिल्ला स्तरमा कडा रुपमा कायान्वयन गर्छौ । कर, उद्योग, कार्यालय, ट्याक्सी मिटर, मेनपावर लगायतका समस्यालाई पनि निराकरण गर्ने उनले सुनाए ।

‘काम नभएका होइनन्,’ उनले भने, ‘एसपि ओम ब. राना आएपछि २ महिनामा ट्राफिक नियम उलङ्घन गरे बापत ४२ लाख राजस्व उठ्नु कुनै चानचुने कुरा होइन ।’ कर्मचारी समयमा कार्यालय आएर काम गरे÷नगरेको निगरानी राख्ने उनले सुनाए । ‘हामीले कुनै नौंलो काम गर्न लागेका हैनौं,’ उनले भने, ‘पहिले देखि गर्दै आएका कामलाई परिमार्जन गर्दै लैजाने हो ।’

कमेन्टहरु
Loading...