कास्कीका १० गाविस शुरक्षा संबेदनशिल

निर्वाचन सुरक्षाको २ हजार सुरक्षाकर्मी परिचालन हुने

गोकुल बानियाँ /पोखरा  ४ कार्तिक । कास्कीमा संबिधानसभा निर्वाचनको लागि करिब २ हजार सुरक्षाकर्मी परिचालित हुने भएका छन् । सेना, शसस्त्र, नेपाल प्रहरी र म्यादी प्रहरीको संयुक्त सुरक्षा फौज करिब दुई हजारको संख्यामा परिचालन गरिने प्रमुख जिल्ला अधिकारी यादब प्रसाद कोईरालाले जानकारी दिए । निर्वाचनलाई लक्षित गरी आदेखिनै नेपाली सेना परिचालन गरिएको छ ।

कास्कीमा साढे २ सय सेना परिचालित भएको जिल्ला सुरक्षा समिति कास्कीले जनाएको छ । आज खटिएको सेनाले निर्बाचन स्थल र वरपरकार क्षेत्रको रेकी गर्नुको साथै सुरक्षा संबेदनशिलता र चुनौतिको अध्ययन गर्नुको साथै र्निाचन क्षेत्रमा पट्रोलिङ समेत गर्नेछ । निर्वाचन क्षेत्र र स्थलको सुरक्षाको लागि नेपाल प्रहरी यसअघिनै परिचालित भैसकेको कास्की प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक केदार रिजालका अनुसार जिल्लाभर ७ सय भन्दा बढी नेपाल प्रहरी खटिनेछन् । बिशेष गरी ग्रामिण क्षेत्रमा खटिएको प्रहरी टोलिले अहिले दैनिक पट्रोलिङ गर्नुको साथै गाउमा पुगेका उम्मेदवारको सुरक्षा संगै मतदान स्थलको निगरानी गरिरहेको छ ।

अन्य जिल्लाको तुलनामा सुरक्षा चुनौति बढी नभएकाले शसस्त्र प्रहरी भने कम संख्यामा परिचालित हुने प्रमुख जिल्ला अधिकारी कोईरालाले बताए । सुरक्षा चुनौतिको आधारमा करिब डेढ सय शसस्त्र प्रहरी परिचालित हुन सक्ने उनले बताए । कास्कीमा ५ सय ९० म्यादी प्रहरी खटिने भएका छन् । म्यादी प्रहरी छनौट प्रक्रिया सकिएकाले सोमबारदेखि दुई हप्ते तालिम सुरु हुने कास्की प्रहरीले जनाएको छ । जिल्ला सुरक्षा समिति कास्कीले तयार पारेको जिल्ला स्तरिय एकिकृत चुनाबी सुरक्षा योजनामा यसअघि सुरक्षा निकायको उपस्थिति नभएको १० भन्दा बढी गाबिसलाई संबेदनशिल क्षेत्र तोकेको छ ।

कास्कीको सैम¥याङ, मिजुरेडाडा, घान्द्रुक, छुम्रुङ लगायतका १० गाबिसलाई संबेदनशिल क्षेत्रको रुपमा लिई सोहि अनुसार सुरक्षाकर्मी परिचालन गरिने बताईएको छ । बाकी रिजर्भ फौजको रुपमा रहने भएका छन् । कास्कीमा सुरक्षा चुनौतिको रुपमा बिभिन्न जातिय, क्षेत्रिय संगैै बहिस्कारदी पार्टी रहेको प्रमुख जिल्ला अधिकारी कोईरालाले बताए । तर अहिलेसम्मको स्थितिलाई हेर्दा बिरोधी पार्टीहरुको प्रभाब यस क्षेत्रमा नदेखिएको उनको दाबि छ । कुनै क्षेत्र वा बुथमा केहि असहज स्थिति आए आधा घण्टा भित्र मा थप सुरक्षा फौज पुग्न सक्ने गरी सुरक्षा तैनाथी हुने जिल्ला सुरक्षा समिति कास्कीले जनाएको छ ।

निर्वाचनको लागि कास्कीमा २४ सय कर्मचारी खटाईने जिल्ला निर्बाचन कार्यालय कास्कीका प्रमुख घनश्याम भण्डारीले जानकारी दिए । ४ निर्वाचन क्षेत्र रहेको कास्कीको एक सय ४७ स्थानमा २ सय ९२ बुथ राखिने उनले बताए । कास्कीमा एक लाख ९७ हजार ६ सय ६० मतदाता रहेको छन् भने बिभिन्न दल तथा स्वतन्त्र गरी ७७ जना उम्मेदवार चुनाबी मैदानमा छन् ।

कमेन्टहरु
Loading...