कसेरी मार्गमा ढलान बाटो निर्माण

कसेरी मार्गमा ढलान बाटो निर्माण
0

पोखरा, २० जेठ / पोखरा महानगरपालिका १ कसेरी मार्गमा एक सय ९३ मिटर लम्वाई भएको ढलान बाटो निर्माण कार्य सम्पन्न भएको छ ।

साढे ४ इन्च चौडाई र ४ इन्च मोटाई भएको उक्त कंक्रिट ढलान बाटो १५ लाख ७८ हजार सात सय ३६ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको कसेरी मार्ग उपभोक्ता निर्माण समितिका अध्यक्ष राजाराम पौडेलले नागरिक पारदर्शिताका लागि लेखापरिक्षण सार्वजनिक गर्दै जानकारी गराएका छन् ।

जसमा १२ लाख ६२ हजार ९ सय ८९ रुपैयाँ पोखरा महानगरपालिका र तीन लाख १५ हजार ७ सय ४७ रुप‌ैयाँ स्थानिय उपभोक्ताबाट प्राप्त भएको अध्यक्ष पौडेलले स्पष्ट पारे ।

गत वर्ष फागुन २१ गते योजना सम्झौता गरेर २५ गतेदेखि काम शुरु गरेको समितिले योजना सम्पन्न हुने मिति भन्दा १५ दिन अगावै काम सम्पन्न गरेको हो ।

समितिले २०७७ जेठ ३० गते काम सक्ने सम्झौता गरेको अध्यक्ष पौडेलको भनाई छ ।

Loading...