कसले कसरी मनाउँदैछन दशैं ?

प्रस्तुती ः हिमाल लम्साल 

नेपालीको घर आगँनमा बडा दशैको आगमन भएको छ । गाउँ तथा सहरमा घरहरु रंगरोगन गरी चिटिक्क पार्ने, वरपरको वातावरण सरसफाई तथा आफन्तको बाटो हेरेर बस्नेहरु पनि उत्तिकै छन् विदेश तथा स्वदेशमा हुनेहरु आफ्नो गाउँ घर फिरेका छन् । मान्यजनको आर्शिवाद थाप्नै लागी घर फर्किन लहर सँगै पोखरामा विभिन्नक्षेत्रमा कार्यरत व्यक्तित्वहरुले कसरी दशै मनाउँदै छन् उनीहरुकै शब्दमा

yadav raj koiralaकास्कीका प्रमुख जिल्ला अधिकारी यादवराज कोइराला भन्छन् ‘दशैं नेपालीहरुको महान पर्व हो ।’ उनले दशंैलाई गौरवशाली चाडको रुपमा आफूले लिने बताए । दशैंलाई उमङ्ग, सम्वृद्धि र मिलन हुने पर्वको रुपमा चित्रित गर्दै भने ‘दशंैको ऐतिहासिक महत्व बोकेको पर्व हो त्यसलाई सामान्यकृत गर्दै मनाउनुपर्छ ।’ उनले भने ‘केही वर्ष यता दशैं खर्चिलो बन्दै गएको छ । सलाई मितव्ययी भएर मनाउन सवैलाई आब्हान गर्छु ।’ जन्मस्थलओखलढुङगा भएपनि २०३६ साल देखी काठमाडौंमा दंशै मनाउँदै आएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।

यसपालीको दशै समय मिले दंशैकै दिन काठमाडौंमा गरेर आफन्त सँग दशैं मनाउने तयारी रहेको सुनाए । कोइरालालाई दशैंको अवसरमा मठ मन्दिरमा बलि दिने परम्परालाई त्याग्न सवैलाई सुझाव दिए । प्रमुख अधिकारी कोइरालाले दशंैलाई सभ्य र विकृति विंसगति रहित ढंगले एकआपसमा मिलेर मनाउन सवैलाई शुभकामना दिएका छन् । सहारा क्लव पोखराका अध्यक्ष वीरभद्र आचार्यले यसपालीको दशंै सहारा एकेडेमीमा रहेका बालकहरुसँगै बसेर मनाउने योजना रहेको बताए । ‘दशंैलाई साथीभाई सँग बसेर मनाउँदै छौ ।’bir bhadra acharya

अध्यक्ष आचार्यले दशैंलाई तडकभडक रहित र आफ्नो सामर्थले भ्याएअनुसार मनाउन सुझाव दिर्दै भने ‘कसैको देखा सिखी गरेर मनाउने होइन आफ्नो गक्ष अनुसार मनाउनुहोला’। आचार्यले पोखरा–१५ नयाँ गाउँमा बसोबास गर्दै आएका उनले सहाराका बालकहरुसँग खुसीयालीपुर्वक दंशै मनाउने तयारीमा जुटेको बताए । एकेडेमीमा राखेका बालकहरुलाई अभिभावकहरुको कमी हुन नदिन सँगै मनाउने परिपाटीको थालनी गरेको बताए । उनले सटिक ढंगले यसो भन्छन् ‘हुनेलाई दशंै र नहुनेलाई दशा हुनु भएन ।’

प्रहरी नायव उपरीक्षक राजेशनाथ बास्तोलाले यसपालीको दशंै कार्यक्षेत्र रहेको जिल्ला प्रहरी कार्यालय पोखरामा नै मनाउने भएका छन् । बास्तोलाले दशंै मनाउनका लागी आफ्ना आमाबुबा तथा घर परिवारलाई पोखरा नै बोलाएर मनाउने बताए । ‘परिवारलाई यतै बोलाएर मनाउन थालेको छु ।’ कास्की प्रहरी प्रवक्ता बास्तोलाले भने ‘परिवारलाई त केही समय छुट्टाएको छु । अरु समय त नागरिक कै सुरक्षामा दत्तचित्त भएर लाग्नेछु ।’ प्रहरी नायव उपरिक्षक बास्तोलाले दशैलाई अग्रजहरुबाट आर्शिवाद थाप्ने र परिवारकै सागमा रमाइलो गर्ने पर्वको रुपमा आफूले लिने गरेको बताए । उनले दशंैमा सिनियर प्रहरी अफिसर तथा जवानहरुसँगै बसेर मनाउने बताए ।

rajesh  nath bastolahira bhattaraiउनले सर्वसाधारणहरुलाई परिवारहरु भेला भएर सभ्य संस्कार अबलम्बन गरेर रमाइलो पुर्वक मनाउन सुझाव दिएका छन् । उनले मदिरा जन्य पदार्थ तथा होहल्ला तथा विकृति तथा विसंगति रहित ढंगले मनाउन सवैलाई आग्रह गरे । महिला उद्यमी तथा पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव हिरा भट्टराईले यसबर्षको दशैं परिवार सँग जम्मा भएर मनाउने बताइन । उनले दिल्लीमा रहेको छोरा समेत दशंै मनाउनकै लागी घर आउँदै गरेको समेत सुनाइन ।‘दशंै भरको समय मैलै परिवारलाई नै दिन्छु । अरु बेला आआफ्नो व्यवसायमा व्यस्त भइन्छ । भेटघाट हुन गाहे हुन्छ ।’ उनले दशंैलाई खुसीयालीपूर्ण वातावरणमा मनाउन सवैसँग आग्रह गरेकी छन् ।

कमेन्टहरु
Loading...