कर्ण शाक्यको रिसोर्टले फेवा तालको मापदण्ड मिचे नमिचेको अध्ययन गर्न सर्वोच्चको आदेश

काठमाडौ, १७ वैशाख /सर्वोच्च अदालतले पोखराको फेवाताल किनारमा बनेका संरचना तालको ‘वफरजोन’ भित्र पर्ने नपर्ने बारे जाँचबुझ गरेर प्रतिवेदन पेश गर्न आदेश दिएको छ।

अधिवक्ता खगेन्द्र सुवेदीको रिटमाथि सुनुवाइ गर्दै आइतबार न्यायाधीश ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको संयुक्त इजलाले यस्तो निर्णय गरेको सर्वोच्च सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए।

‘व्यवसायी कर्ण शाक्यले पोखराका फेवाताला किनारामा निमार्ण गरेको वाटर फन्ट रिसोर्टले फेवातालको जग्गा अतिक्रमण गरेकाले त्यसलाई रोक्नु भन्ने रिटमाथि सुनुवाइ गर्दै अध्ययन गरेर प्रतिवेदन पेश गर्ने आदेश भएको छ,’ उनले भने।

उनका अनुसार आदेशमा मालपोत, नापी तथा वातावरण विभागजस्ता सम्बन्धित कार्यालयका प्रतिनिधि गएर जाँचबुझ गर्न र त्यसको प्रतिवेदन पेश गर्न भनिएको छ।

कमेन्टहरु
Loading...