कर्मचारी निर्वाचनमा कास्कीमा एमाले निकटलाई ५१ प्रतिशत मत

सागर राज तिमिल्सिना
पोखरा, २० जेठ/नजामती कर्मचारीको बुधबार सम्पन्न आधिकारिक ट्रेड युनियन निर्वाचनमा कास्कीमा एमाले निकट निजामती कर्मचारीले करिब ५१ प्रतिशत मत पाएको छ ।

एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले ६ सय ४३ मत पाएको छ भने काग्रेस निकट नेपाल निजमती कर्मचारी युनियन संघले ३ सय ८६ र नेपाल राष्टिय कर्मचारी संगठनले ९८ मत प्राप्त गरेको छ । त्यसै गरि स्वतन्त्र कर्मचारी मिलन केन्द्रले ५०, मधेसी निजामती मञ्चले १९ र रािष्टय कर्मचारी संगठन निजामतीले ३ मत ल्याएको कास्कीका प्रमुख निर्वाचन अधिकृत गंगाप्रसाद पौडेलले जानकारी दिए ।

कर्मचारी निर्वाचनमा कास्कीमा एमाले निकटलाई ५१ प्रतिशत मत
कर्मचारी निर्वाचनमा कास्कीमा एमाले निकटलाई ५१ प्रतिशत मत

कास्कीमा ९४.६३ प्रतिशत मत खसेको थियो । निर्वाचनमा कुल १ हजार ३ सय ६ मतदाता रहेकोमा १ हजार २ सय ३५ मतदाताले मतदान प्रक्रियामा भाग लिएका थिए । त्यस मध्ये ३५ मत बदर भएको पौडेलले जानकारी दिए ।

कास्कीमा ११ सदस्यीय कार्यसमितिमा मतपरिणाममा पहिलो हुने अध्यक्ष र कोषाध्यक्ष, दोस्रो हुनेले उपाध्यक्ष र तेस्रो हुनेले सचिव पद पाउनेछ । बाँकी पदाधिकारी मत विभाजनका आधारमा तय हुनेछ । नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको हुनेछ ।

कमेन्टहरु
Loading...