कर्मचारी युनियनको अध्यक्षमा डाक्टर पराजूली

पोखरा, २ असोज/पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समिति कर्मचारी यूनियनको बुधवार पोखरामा बृहत भेला सम्पन्न भएको छ । भेलाले डाक्टर शिव पराजुलीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । भेलाले निर्विरोध कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा शंकर भण्डारी, सचिवमा पशुपति महतो, सहसचिवमा केश कुमारी थापा, कोषाध्यक्ष्ँमा इन्दु आचार्य र सहकोषाध्यक्षमा बुद्धि गुरुङ रहेका छन् । त्यस्तै सदस्यहरुमा डा. यज्ञराज सिग्देल, डा. समीर कार्की, मुना शर्मा, सूर्य बराल र पवित्र भण्डारी रहेका छन् । निर्वाचित कार्यसमितिलाई अस्पताल विकास समिति कर्मचारी यूूनियनका केन्द्रीय प्रवक्ता नारायण बरालले शुभकामना दिर्दै कर्मचारीहरुको हकहतिमा निडर भएर लाग्न सुझाव दिएका दिएका थिए ।

कार्यक्रममा अस्पताल विकास समितिका पूर्वअध्यक्षहरु डा.सुनील पनेरु, डा. राजेन्द्र चौधरी र युनियनका वरिष्ठ सल्लाहकार निरजकुमार दुवे लगाएतले शुभकामना दिएका थिए । युनियनले कर्मचारीहरुको हकहितका क्षेत्रमा काम गर्दै आएको छ । दुई सय ९६ जना सदस्यहरु रहेका छन् ।

कमेन्टहरु
Loading...