कार्यालय समयमा बधाई र सम्मान कार्यक्रम नगर्न आग्रह –उपमेयर गुरुङ

पोखरा २१ जेठ / पोखरा लेखनाथ महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले महानगरबासीलाई आफना समस्या लिएर आउन आग्रह गदै सम्मान र बधाई जस्ता कार्यक्रममा नअलमल्याउन आग्रह गरेकी छन् । उनले महागनरका जनतालाई कार्यालय समयमा आफुलाई कार्यक्रममा नबोलाउन समेत आग्रह गरेकी छन् ।

‘तपाईहरुले सवैभन्दा ठूलो सम्मान जनताको काम गर्नुस भनेर विजयी गराईसक्नु भएको छ, अव काम लिएर कार्यालयमा आउनुस, जनताको काममा प्रभाव पार्ने गरि कार्यक्रम गरेर अल्मल्याउने काम नगर्नुस ।’ उपमेयर गुरुङले पोखरा महानगरपालिकामा ८ सय भन्दा बढि टोल विकास संस्था, क्लब, आमा समुह र विभिन्न संघसंस्था रहेको भन्दै सम्मान र बधाईमा जादा कार्यालयमा आउने सेवाग्राहीले दुःख, झन्झट र सास्थी पाउने भएकाले कार्यालय समयमा कार्यक्रम आयोजना नगर्न आग्रह गरेकी छन् ।

उपमेयर गुरुङ पदभार ग्रहण गरेपछि कार्यालय समयमा आयोजना गरिएका कुनैपनि बधाई र सम्मान कार्यक्रममा सहभागी भएकी छैनन् ।उनी दश बजेअघि र पाँच बजेपछिका कार्यक्रममा मात्रै सहभागीता जनाएकी छन् । उनले वडा अध्यक्ष र वडा सदस्यहरुनै आफनापनि प्रतिनिधि भएकाले उहाँहरुलाई सम्मान गर्न आग्रह गरेकी छन् । शनिबार मात्रै ३० भन्दा बढि ठाँउमा सम्मान र बधाई कार्यक्रम आयोजना गरिएको थियो तर उनी केही कार्यक्रममा मात्रै सहभागी भइन् ।

कमेन्टहरु
Loading...