कारितास नेपालको सहयोगमा बाली उपचार शिविर

पोखरा, २२ बैशाख / कारितास नेपाल फिल्ड कार्यालयको सहयोगमा पोखरा महानगरपालिका वडा नम्बर २९ आर्दशचोक बाली उपचार शिविर सम्पन्न भएको छ ।

नेपाल जिविकोपार्जन तथा उत्थानशीलता कार्यक्रम अन्तरगत शिविर सञ्चालन भएको हो । बाली संरक्षण प्रयोगशाला गण्डकीका प्रमुख प्लान्ट डा धनबहादुर राना, सहजर्कता कारितास नेपाल फिल्ड कार्यालयका प्रमुख शोभा आचार्य, हिममाया भण्डारी, मुक्तीनाथ पौडेल लगाएले कृषकहरुलाई सहजीकरण गरेका थिए ।

शिविरमा करिब ३५ वटा नमुना जाँच गरीएको थियो । सबै भन्दा बढि लाइकिरा, अन्य किराले समस्या दिएको कृषकहरुले बताएको कारीतस नेपाल फिल्ड कार्यालयका प्रमुख शोभा आचार्यले जानकारी दिइन् ।

उनले किसानलाई तरकारी बाली, फलफुल र अन्न भण्डारमा देखिएका समस्या समाधानका उपाएका बारेमा जाकारी दिएको बताइन् । स्थानीय कृषकहरुले शिविर नियमित रुपमा संचालन गर्नु पर्ने माग कृषकहरुले राखेका थिए ।

कमेन्टहरु
Loading...