कान्तिपुर टुरिजम कलेजका १ सय २५ जना विद्यार्थी दिक्षीत

पोखरा, २७ चैत /कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज र कान्तिपुर होटल टे«निङ सेन्टर पोखराबाट अध्ययन पुरा गरेका विद्यार्थी दिक्षीत भएका छन् । आइतबार होटल पोखरा गा्रण्डमा आयोजित एक कार्यक्रमका बीच एक वर्षे डिप्लोमा उत्तीर्ण गरेका र होटल ट्रेनिङ लिएका १ सय २५ जना विद्यार्थीलाई दिक्षीत गरिएको हो ।

दिक्षीत विद्यार्थीलाई कलेजको तर्फबाट सर्टिफिकेट सहित सम्मान गरिएको कलेजका संस्थापक अध्यक्ष विजय पौडेलले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा विश्व विद्यालय स्वास्थ्य विज्ञान विभागका डिन डा. खेमराज जोशीले सीपमुलक शिक्षा अध्ययन गरेको विद्यार्थी कहिल्यै बेरोजगार बस्नु नपर्ने धारणा राखका थिए । होटल तथा सेवा क्षेत्रमा होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीको माग उच्च रहेको उनले बताए ।

कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा विद्यार्थीको आकर्षण निकै बढेको संस्थापक अध्यक्ष विजय पौडेलले बताए । कलेजमा विद्यार्थीको आकर्षण बढेको छ,’ उनले भने, ‘होटल म्यानेजमेन्ट विषयको डिप्लोमा लेबलका विभिन्न कार्यक्रहरु सञ्चालन भइरहेका छन् । सिटिइभिटि, युरोपियन टेक्निकल एण्ड भोकेसनल एकेडेमी र लिंकन युनिभर्सिटीद्वारा सम्बन्धन प्राप्त कलेजमा अहिले २ सय जना विद्यार्थी अध्ययनरत रहेको संस्थापक अध्यक्ष विजय पौडेलले बताए ।

होटल म्यानेजमेन्ट विषयको सैद्धान्तिक तथा व्यवहारिक दुवै ज्ञान विद्यार्थीलाई दिइने कलेजका संरक्षक शोबित पौडेलले बताए । विदेशी अनुभवी प्राध्यापकहरुद्वारा अध्यापनको व्यवस्था मिलाइएको यो कलेजमा बिहान ८ बजेबाट साँझ ५ बजेसम्म अध्ययन गराइने कलेजका प्रोग्राम कोर्डिनटेर ज्ञानेन्द्र पौडेलले बताए । ‘विद्यार्थीलार्ई कलेजमै बिहानको खाजा, खाना र दिउसोको खाजा तथा आवासको सुविधा उपलब्ध हुने बताइएको छ । कलेजमा अध्ययन गरेका विद्यार्थीलाई स्वदेश तथा विदेशमा शतप्रतिशत रोजगारीको ग्यारेन्टी गरिएको कुलिनरी डाइरेक्टर तथा प्रिन्सीपल सेफ राम कोडान्डाले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, रेडियो जननीका स्टेशन मेनेजर विमला भण्डारी, होटल पोखरा गा्रण्डका महाप्रबन्धक रोशन खवास, सफल मिडिया हाउसका अध्यक्ष एबं कार्यकारी निर्देशक दुर्गाप्रसाद हुमागाई, नवदीप बोर्डिङ स्कुलका सञ्चालक मगनलाल श्रेष्ठ, टुकी रिसोर्टका प्रबन्धक ध्रुव शर्मा ,द हिमालयन टाइम्सका पत्रकार भरत कोइराला ,आर्थिक आवाजका पत्रकार सुरेन्द्र पौडेल, नया पत्रिका दैनिकका दिपक पौडेललगायतले कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका गतिबिधिको प्रसंसा गर्दै यो कलेज नेपालकै उत्कृष्ठ कलेज बन्न सकोस भन्दै सुभेच्छा ब्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...