कान्तले भने अरुले भन्दा पृथक गर

पोखरा, ५ असोज/नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडा पोखरामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। कलेज व्यवस्थापन समितिका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा शनिबार आयोजित टुरिज्म मार्केटिङ्ग ःन्यू डाइमेन्सन विषयक कार्यक्रममा भारतको केरलाका पूर्वपर्यटन सचिव अभिताभ कान्तले कलेजका विद्यार्थीहरुसँग अन्र्तक्रिया गरेका थिए ।

कार्यक्रममा कान्तले कलेजका विद्यार्थीहरुले भविष्यमा अरुभन्दा पृथक भएर कार्य गर्न सुझाव दिदै त्यसले पर्यटन क्षेत्रलाई विविधिकरण गर्न सहयोग पुग्ने विश्वास दिलाएका थिए । हाल दिल्लीमूम्बई औद्योगिक कोरिडोर विकास संस्थानको प्रमूख कार्यकारी निर्देशकका रुपमा कार्यरत कान्तले पर्यटन क्षेत्रको विकासका लागि मूख्यरुपमा नागरिक सुशासन,क्षमता अभिवृद्धि,संचार रणनीति ,सामुदायिक सहभागिता,वायुसेवा लगायतका कुराहरुलाई सुधार गरेर लैजानु पर्ने वताएका छन् ।

भारतको पर्यटकीय गन्तव्य केरलालाई विश्व पर्यटन बजारमा लैजान महत्वपूर्ण भूमिका खेलेका कान्तले पोखरा विश्वकै महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्न सक्ने धारणा पनि राखेका थिए । त्यसका लागि पोखराले आफ्नो मौलिकता जोगाएर अगाडि बढ्नु पर्ने उनको कथन छ ।

कमेन्टहरु
Loading...