प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बम, प्रहरी नायव महानिरीक्षक रञ्जित र प्रहरी वरिष्ठ उपरीक्षक गौतमको विदाई

पोखरा, २८ चैत /प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बम, प्रहरी नायव महानिरीक्षक पुष्प चन्द्र रञ्जित र संघिय प्रहरी ईकाई पोखराका प्रहरी वरिष्ठ उपरीक्षक विष्णु हरी गौतम विदाई भएको छ । सेवा निवृत भएर जान लागेका उनीहरुको विदाई भएको हो ।

विदाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बमले बिगतमा पुर्वजहरुले गरेका राम्रा कार्यबाट कायम राखेका सांगठनिक अगाडी बढाउन भोलीका पुस्ताले पनि राम्रा कार्य गर्नु पर्र्ने बताए ।

कार्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय धवालगिरीका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र बहादुर धानुकले सेवा निवृत भई जान लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बम, प्रहरी नायव महानिरीक्षक पुष्प चन्द्र रञ्जित र प्रहरी वरिष्ठ उपरीक्षक विष्णु हरी गौतमलाई मायाको चिनो प्रदान गरे ।

कमेन्टहरु
Loading...