पत्रकार कमल पौडेललाई दुरव्यवहार गरेको प्रति महासंघ कास्कीको निन्दा

पोखरा, १२ मंसिर / नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य पत्रकार कमल पौडेल ‘अथक’ माथि दुरब्यवहार र गाली गर्दै फोनबाट धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ कास्की शाखा खेद ब्यत्त गर्दै घोर भत्सना गरेको छ ।

‘लाखौं रुपैयाँ उठाई पोखराकी एक महिला फरार, मिटर ब्याजमा सर्वसाधारण ठगी’ शिर्षकको समाचार किन सम्प्रेषण गरेको ? भन्दै निज महिलाका आफन्त प्रजापति पराजुलीले दुरब्यवहार र परिचय नखुलाइएका ब्यक्तिले मोवाइल नम्वर ९८५६०४०२३८ बाट फोन गरी धम्कि दिएको प्रति भत्साना गरेको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस घटनामा संलग्न दोषीलाई तत्काल कारवाहीको दायरामा ल्याउन महासंघ कास्की माग गरेको छ । समाचार संकलनका क्रममा खटिएका पत्रकारहरुको भौतिक सुरक्षाको प्रत्याभुति गरि निर्वाध समाचार संकलन र सम्प्रेषणको वातावरण वनाउन महासंघ कास्की स्थानिय प्रशासन संग माग गरेको छ ।

प्रकाशित÷प्रसारित समाचारप्रति चित्त नबुझेमा समाचारको खण्डन गर्न लगाउने, प्रेस काउन्सिलमा उजुरी गर्ने र त्यतिले पनि चित्त नबुझेमा सम्मानित अदालतमा जान सक्ने विधि बिधान रहेको सचेत गराउँदै सोही अनुसार बैधानिक बाटो अबलम्बन गर्न महासंघ कास्की भनेको छ ।

सफल एक्स्पो पोखरा मंसिर १३ देखी २४ गते सम्म
सफल एक्स्पो पोखरा मंसिर १३ देखी २४ गते सम्म
कमेन्टहरु
Loading...