कालिका क्याम्पसमा शुभकामना

पोखरा, १ फागुन/रामबजार–१० मा अवस्थित कालिका पब्लिक क्याम्पसमा स्नातक दोस्रो वर्ष र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीद्वारा आयोजित विहीबार स्नातक प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत तथा पुरानो स्नातक तृतीय वर्षका विद्यार्थीहरुलाई खादा, अविर र मायाको चिनो वितरण गरि विदाई गरियो।
प्रमुख अतिथि रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य प्रकाश तिवारीद्वारा द्विप प्रज्जवलन गरि उद्घाटन गरिएको कार्यक्रममा क्याम्पस प्रमुख झलप्रसाद अधिकारी र +२ संयोजक बलराम गिरी विशेष अतिथि रहेका थिए भने राजु सुनार र रमा मल्लले कार्यक्रमको सञ्चालन गरेका थिए।कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनको लागि विएड दोस्रो वर्षमा अध्ययनरत सरिता मगर, माया मगर, गंगा मगर, सुनिता गुरुङ, रितु मगर र पुजा गौतमले माया गयो गाउँ छोडी कौडा गीतमा, विविएस प्रथम वर्षकी जेनी गुरुङले सरर हावा चल्यो गीतमा, विविएस दोस्रो वर्षका सविना मगर, मुना गुरुङ, रश्मिता गुरुङ र अम्बिका गुरुङले साट्न आऊ है धम्पुसैमा गीतमा, सुशिला गुरुङले सुरमा सुर गीतमा, मनिषा सुनुवार र नविना गुरुङले राम्री पनि भाकी छु म गीतमा र विविएस दोस्रो वर्षमा अध्ययनरत मनिषा सुनुवारले हल्कट जवानी बोलको हिन्दी गितमा नृत्य प्रस्तुत गरेका थिए भने स्नातक तेस्रो वर्षमा अध्ययनरत अर्जुन मगरले तिम्रो त्यो हसिलो मुहार बोलको गीत गाई विद्यार्थी तथा शिक्षकहरुलाई मनोरञ्जन दिन सफल भएका थिए ।

उक्त कार्यक्रममा विविएस तेस्रो वर्षमा अध्ययनरत रञ्जिता गुरुङ र तिर्सना गुरुङद्वारा खादा लगाई अतिथिहरुलाई सम्मान गरिएको थियो भने स्नातक द्वितीय वर्षमा अध्ययनरत मुकुन्द योगी, तृतीय वर्षमा अध्ययनरत थम माया पुन, अनिता पोखरेल (सविता), प्रथम वर्षको तर्फबाट भोजराज रेग्मीले प्रथम वर्षमा अध्यापन गर्न आउने विद्यार्थीहरुलाई शुभकामना र तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई विदाई मन्तव्य व्यक्त गरेका थिए। त्यसै गरी + संयोजक वलराम गिरी, विद्यालय प्रमुख झलप्रसाद अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य प्रकाश तिवारीद्वारा उच्च शिक्षा हाँसिल गर्न आउनुभएका विद्यार्थीहरु र स्नातक तह अध्यापन सक्नुभएका विद्यार्थीहरुले आफ्नो समय, आर्थिक लगानी र आमावावुको अपेक्षाकृत भावनालाई बुझि मनैबाट उच्च शिक्षा हासिल गर्नुहुनेछ भन्ने अपेक्षा राखी प्रथम वर्षमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई शुभकामना र तृतीय वर्षको अध्ययन सिद्धयाउनु भएका विद्यार्थीहरुलाई विदाई मन्तव्य व्यक्त गरेका थिए। भने सभापति नविन कुमार विकेले शुभकामना तथा विदाईसँग सँगै कार्यक्रमको समापन गरेका थिए।

कमेन्टहरु
Loading...