दश करोड ठगि काण्डः जसुदाले कारोबार आफै मिलाउने, गल्ती गरेको भन्दै माफ मागिन्

पोखरा, २१ चैत/ विभिन्न व्यक्तिहरुलाई लाखौ तिर्नुपर्ने भएपछि सम्पर्क बिहीन भएको आरोप लागेकी पोखराकी जसुदा पौडेलले आफू सम्पूर्णसँग सम्पर्कमा रहेको बताएकी छन् ।

सम्पर्क बिहीन भएको भनेर समाचार आएपछि आक्रोशमा सञ्चारमाध्यम विरुद्ध बोलेको भन्दै उनले क्षमा समेत मागेकी छन् । ‘बिगत केही दिनदेखि घरपरिवारसँग सम्पर्कमा नरहनु गल्ती थियो,’ उनले भनेकी छन् ।

आफूले तिर्नुपर्ने रकमसँग सम्बन्धित सम्पूर्ण व्यक्तिहरुसँग आफू नियमित सम्पर्कमा रहेको उनले विज्ञप्तिमार्फत बताएकी छन् । आवेश तथा बहकाउमा आएर पूर्वपतिका विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गरेको स्वीकार गर्दै उनले उक्त उजुरी पनि फिर्ता लिएको बताइन् ।

आफ्नो कारोबार भएका व्यक्तिसँग नियमित सम्पर्कमा रहेको भन्दै उनले आफ्नो नाममा रहेको सम्पत्ति तथा व्यवसाय, माइती, साथीभाइ तथा आफन्तको साथबाट मिलाउने उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

दश करोड ठगि काण्डः जसुदाले कारोबार आफै मिलाउने प्रतिबद्धता, गल्ती गरेको भन्दै माफ मागिन्
दश करोड ठगि काण्डः जसुदाले कारोबार आफै मिलाउने प्रतिबद्धता, गल्ती गरेको भन्दै माफ मागिन्

पोखरामा १० करोड ठगी प्रकरणः जसुदा भन्छिन्–‘म फरार छैन, ज्यान जोगाउन भागेकी हुँ’

कमेन्टहरु
Loading...