फिल्डमा जाने पोखराका पत्रकारलाई पर्यटन व्यवसायी टासीको सहयोग

पोखरा, १ वैशाख / पर्यटन व्यवसायी टासी गुरुङले पोखरामा रहेर फिल्ड रिर्पोटीङ गर्ने पत्रकारका लागि सहयोग गरेका छन् ।

कोरोना महामारीका बेला फिल्डमा खटिने ५० भन्दा बढी पत्रकारहरु प्रत्येकलाई २० थान गल्बस्, एक थान ह्याण्ड सेनिटाइजर र एक थान एन ९५ मास्क सहयोग गरेका हुन् ।

पोखरा महानगरपालिका वडा १८ सराङकोट मेथ्लाङमा रहेको जुरासीक रिसोर्ट एण्ड भिल्लाका सञ्चालक समेत रहेका टासी गुरुङले कोभिड—१९ संक्रमणबाट जोगिएर सही सुचना सम्प्रेषण गर्न फिल्डमा काम गरिरहेका पत्रकारलाई सहयोग गरेको बताए ।

प्रदान गर्न कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले व्यवसायी टासी गुरुङले गरेको सहयोगले पत्रकारको होसला बढेको बताए । उनले पत्रकारलाई सकेसम्म घरबाटै रिपोर्टिङ गर्न आग्रह गरे ।

फिल्डमा हिड्नै परे सुरक्षित भएर जान अनुरोध गरे । आवश्यक सामग्रीको व्यवस्थापन तथा पहल एभिन्युज खबरका गण्डकी व्युरो प्रमुख सुमन ढुङ्गानाले गरेका थिए ।

टासी गुरुङ
टासी गुरुङ
कमेन्टहरु
Loading...