जोर्ज जोन शिक्षा प्रतिष्ठानद्धारा विभिन्न व्यक्ति सम्मानीत

पोखरा २६ साउन /जोर्ज जोन शिक्षा प्रतिष्ठानले समाजका विभिन्न क्षेत्रका दश व्यतmीहरुलाई पोखरामा सम्मान गरेको छ ।प्रष्ठिानको वाइस औ वार्षिक उत्सवमा विद्यार्थीहरुलाई छात्रावृती समेत प्रदार्न गरीएको थियो ।

कानुन संकायका सन्तोष शर्मा शिक्षा संकायका हरीमाया शर्मा विज्ञान संकाय तर्फ विनिता श्रेष्ठ व्यवस्थापन संकाय विन्दुदेवि शर्मा र मानव संकाय तर्फ थमन सिहं गौतमलाई जनही दश हजार प्रमाण समेत प्रदान गरेको हो ।

शिक्षा क्षेत्रमा अतुलनीय योग्दान पुरायको भन्दै डाक्टर गणेशमान गुरुङ, वैज्ञानीक माहावीर पुन, नरहरी भट्टराई, तारानाथ बराल र लोक गायिका हरीदेवि कोइरालालाई सम्मान गरिएको हो ।

उनीहरुलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख वावुराम कुवँरले सम्मान गरे । उनले जोर्ज जोन सुरु गरेको शैक्षिक आन्दोलनले राष्ट्रिय शिक्षा क्षेत्रमा ठुलो योग्दान दिएको बताए ।

पृथ्वी नारायण वहुमुखी क्यापसका संस्थापक जोर्ज जोनको नाममा विस २०५२ सालमा प्रतिष्ठान स्थापना भएको हो । सम्मानीत र गणेशमान गुरुङले सरकारले प्रदेश स्तरमा र केन्द्र स्तरमा हुने विश्वविद्यालयको छिटो भन्दा छिटो टुङ्गो लगाउनु पर्ने बताए ।

कार्यक्रममा प्रदेश संसाद राजिव पहारीले सबै आधारभुत कुराहरु पुरा हुदाँ पनि पृथ्वीनाराण क्यापस विश्व विद्यालय बन्न नसक्नु पिडादायी भएको बताए ।

कार्यक्रममा प्रदेश संसाद विन्दु थापा, लोक गायक प्रजापती पराजुली, देवनारायाण सुतीहार लगाएतले शुभकामना दिएका थिए । प्रतिष्ठानका अध्यक्ष गहेन्द्रेश्वर कोइरालाको अध्यक्षतामा सम्मपन्न कार्यक्रमको संचालन शुष्मा पौडेलले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...