पोखरा १७ का जेष्ठनागरिकलाई सम्मान

पोखरा, ३ असार /पोखरा महानगरपालिका वडा नं. १७ का २१ जना जेष्ठनागरिक सम्मानित भएका छन् ।जेष्ठनागरिक मञ्च एवम् पोखरा १७ द्धारा सोमबार​ आयोजित एक कार्यक्रमका बीच ८० देखि १०० बर्ष उमेरसम्मका आमावुवालाई खादा, सम्मानपत्रले सम्मान गर्नुका साथै एक एक थान थर्मस वितरण गरिएको हो ।

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवमं प्रदेश सभा सदस्य कृष्ण थापाले जेष्ठनागरिकलाई सम्मान गर्दै समाजका अग्रजलाई सम्मान गर्दा आफुपनि सम्मानित भएको अनुभुति हुनु पर्ने बताए ।वर्तमान सरकारले आर्थिक बर्ष २०७६। ०७७ सामाजिक सुरक्षा भत्तामा एक हजार वृद्धि गरेको उल्लेख गर्दै आगामी तीन बर्षमा पाँच हजार पु¥याउने विश्वास व्यक्त गरे ।

आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् सामाजिक व्यक्तित्व झकबहादुर थापाले जेष्ठनागरिकलाई बृद्धाश्रममा नभई परिवारमा राखेर आदर गर्नुपर्नेमा जोड दिए ।पोखरा १७ का वडा अध्यक्ष तिर्थ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठनागरिक मञ्चका अध्यक्ष टोपराज ढुङगाना र सचिव धर्मदत्त तिमिल्सिनाले जेष्ठ नागरिकमैत्री भौतिक संरचनाको आवश्यकता औल्याए ।

कमेन्टहरु
Loading...