जेष्ठ नागरिक सरोकार समितिद्धारा काजक्रिया खर्च प्रदान

पोखरा ,२४ पुस । जेष्ठ नागरिक सरोकार समिति पोखरा ९ द्धारा क्यान्सर रोगले मृत्यु भएका बुदे परियारका परिवारलाई आफ्नो परम्परागत संस्कार गर्नको लागि १० हजार प्रदान गरेको छ ।पोखरा ९ शान्तिवन निवासी परियारलाई जेष्ठ नागरिक सरोकार समितिका अध्यक्ष केशवराज भण्डारीले परियारकी आमा बिवा परियारलाई सोमबार सहयोग हस्तान्तरण गरेका हुन् ।

३४ वर्षिय अपाङ्ग समेत रहेका परियारको खुट्टाबाट क्यान्सर सुरु भएको र खुट्टाको क्यान्सर उपचारको लागि पनि वडा कार्यालय ९ ले १० हजार सहयोग गरेको सचिव लोक दर्शन कोईरालाले वताए ।बिगत एक वर्षदेखि क्यान्सर पीडित परियारको यहि पौष १९ गते मृत्यु भएको थियो । संस्थाका अध्यक्ष केशवराज भण्डारी, वडा अध्यक्ष रामराज लामिछाने, वडासचिव लोकदर्शन कोइराला, महिला सदस्य राममाया मानन्धर र स्थानीयबासीको उपस्थिति रहेको थियो।

कमेन्टहरु
Loading...