पत्रकार सुवेदीलाई यातायात सम्मान

पोखरा २७ चैत्र /गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समितिले  पत्रकार  जीवन सुवेदीलाई सम्मान गरेको छ ।

सडक यातायातसँग सम्बन्धित सूचना एवं सचेतनामूलक समाचार सम्प्रेषण गरी आम उपभोक्ता, व्यवसायी मजदुर लगायत जनमानसमा सचेतना फैलाएको भन्दै सम्मान गरेको हो । नगद ५ हजार रुपैया सहित दोसल्ला र सम्मानपत्र सुवेदीलाई प्रदान गरिएको छ ।

गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समितिको नवौ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशनको अवसरमा सम्मान गरेको हो । पत्रकार सुवेदीले ११ वर्षदेखि पोखरामा पत्रकारिता गर्दै आएका छन् । हाल रेडियो थ्रि एन्जल्स र हिमालयन टेलिभिजनमा कार्यरत छन् ।

कमेन्टहरु
Loading...