संसदीय सभा प्रणाली तालिम सँगै जेसीज वीकइण्ड सुरु

पोखरा, १४ वैशाख /पोखरा जेसीजले सामुदायिक विकास क्षेत्र अन्तर्गतको महत्वपुर्ण कार्यक्रम जेसीज विकइण्ड–२०१८ को शुक्रबार देखी सुरु भएको छ । त्रिदिवसीय कार्यक्रमको पहिलो दिन पोखरा लेखनाथ महानगरपालीकाका वडाध्यक्ष र कार्यपालिीका सदस्यहरुलाई संसदीय सभा प्रणाली तालिम तथा प्रभावकारी बैठक सञ्चालन तालिम कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष प्रकाश वहादुर के.सी, राजु केसी प्रशिक्षण दिएका थिए । वर्ष २०१८ को जेसीज सप्ताहन्त कार्यक्रमका मुल संयोजक तथा पोखरा जेसीजका कार्यकारीणी उपाध्यक्ष जेसी देवराज शर्माले कार्यक्रम माथि प्रकाश पार्नुभएको कार्यक्रमको सभाध्यक्ष पोखरा जेसीज वर्ष २०१७ का अध्यक्ष जेसी शिव कोइराला रहेका थिए ।

कमेन्टहरु
Loading...