पोखरा जेजीजको तालिम तथा सम्मान

पोखरा, ३० साउन/जेसीआई पोखराको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यलयको सहकार्यमा मानव अधिकार रक्षक अभिमुखीकरण तालिमको आयोजना गरिएको छ । मानव अधिकार, मानव अधिकार रक्षकको भुमिका, नेपालमा मानव अधिकारको अवस्थाको बारेमा प्रशिक्षण दिईएको थियो ।

पोखरा जेजीजको तालिम तथा सम्मान
पोखरा जेजीजको तालिम तथा सम्मान

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यलय प्रमुख सुर्य बहादुर देउजा र मानव अधिकार अधिकृत खिमलाल सुवेदीले प्रशिक्षकको रुपमा सहजीकरण गरेका थिए । कार्यक्रममा जेसीआई पोखराका करिव ५० जना सदस्यहरुको उपस्थिति रहेको थियो ।

पोखरा जेसीजका अध्यक्ष गोविन्द प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव सन्तोष शाहीले गरेका थिए भने कार्यक्रमका संयोजक मानव अधिकार सेल संयोजक देवराज शर्माले स्वागत गरेका थिए ।

अमेरिकाको सेन्ट लुइसमा मुख्य कार्यालय रहेको जेसीआईले संयुक्त राष्ट्र संघसँग मिलेर विश्वभर मानव अधिकार सम्बन्धी क्रियाकलापहरु गर्ने गर्दछ । वर्ष २०१६ मा नाइजेरियाका पास्कल डाइक जेसीआईका अध्यक्ष छन् । यो वर्ष शान्ति संभव छ भन्ने अभियान जारी छ ।

सोहि अवसरमा जेसीआई पोखराका २००७ का अध्यक्ष दयाराम गौतम पुनरावेदन बार एसोसियसन पोखराको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा र २०११ का अध्यक्ष रविन्द्र गुरुङ्ग जेसीआई नेपालको राष्ट्रिय अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोमा सम्मान कार्यक्रमको आयोजना समेत गरियो ।

उक्त कार्यक्रममा पुर्व अध्यक्षहरु सिनेटर विष्णु बहादुर थापा,सन्तोष पोखरेल, इश्वर प्रसाद कर्माचार्य, नारायण शर्मा, वसन्त उदास र राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय निर्देशक सुर्य बहादुर देउजाले शुभकामना व्यक्त गरेका थिए । उनीहरुले जेसीआई पोखरा नेपाल भरिकै उत्कृष्ट शाखाहरुमध्ये एक रहेकोले यतिवेला पुनः जेसीआई नेपाल हाँक्ने जिम्मेवारी जेसीआई पोखराका पुर्व अध्यक्षलाई अवसर मिलेको बताए । अबको छोटो अवधीमा धेरै काम गर्नुपर्ने, युवाहरुको लागी उत्कृष्ट कार्यहरु गरि जेसीआई पोखराको छविलाई उच्च बनाउनु पर्नेमा उनीहरुको जोड थियो ।

नवनिर्वाचित अध्यक्ष गुरुङले आफ्नो शाखाको प्रतिष्ठामा आँच आउने काम नगर्ने, जेसीज अभियान लाई नयाँ उचाइमा पुर्याउन पहल गर्ने बताउँदै यो वर्ष युवा सम्बन्धी नेपाल भरि विभिन्न सेमिनार र गोष्ठिहरुको आयोजना गर्ने, नेपाल भरिका शाखाहरुमा अर्थ संकलनका विभिन्न योजनाहरु ल्याउने प्रतिवद्धता प्रकट गरे ।

कमेन्टहरु
Loading...