पोखरा लेडी जेसिजको सप्ताहब्यापी कार्यक्रममा खाध्यान्न सहयोग

पोखरा, ४ असार /पोखरा लेडी जेसिजको सप्ताहब्यापी कार्यक्रममा अन्तर्गत पाँचौ दिन खाध्यान्न एवं आवश्यक सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ ।‘सामाजिक उत्तरदायित्वमा महिला अग्रसरता, प्रभावकारी नेतृत्व आजको आवश्यकता’भन्ने मुल नाराका साथ जेठ ३१ गते देखी संचालन भैरहेको पोखरा लेडी जेसिज बर्ष २०१९ को सप्ताहब्यापी कार्यक्रमको पाँचौ दिन खाध्यान्न एवं आवश्यक सामाग्री बितरण कार्यक्रम गर्दै सम्पन्न भएको हो ।

पोखरा लेडी जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी सपना गिरीको अध्यक्षतामा पोखरा का २ भिन्न स्थान मा दुई भिन्न समूह लाई लक्षित गरी यि कार्यक्रम आयोजिना गरिएका थिए ।पोखरा महानगरपालिका वडा नं ३३ स्थित सरस्वती टिका माविमा आवासीय संरक्षणमा रहेका बौद्धिक अपाङगता भएका बालबालिकाहरुलाई मनोरन्जनात्मक सामाग्री अन्र्तगत ६ सिट क्षमता भएको घुम्ने पिङ बिद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा वडा वडा नं ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्य, बिध्यालय ब्यवस्थपन समितिका अध्यक्ष श्री ऋषी राज आचार्य, पोखरा जेसिजका पुर्व अध्यक्ष एवं जेसिआइ सिनेटर श्री नारायण शर्मा, कार्यक्रम संयोजक सुनिता भुजेल लगायतले आफ्ना भनाई राखेका थिए ।कार्यक्रमको संचालन लेडी जेसिज बर्ष २०१९ का सचिव जेसी लक्ष्मी अधिकारीले गरेकी थिईन्।

यसैगरी पोखरा महानगरपालिका वडा नं। १५ टुटुंगा स्थित आरोज्ञ आश्रममा रहेका बुबा-आमाहरुलाई खाध्यान्न बितरण पनि गरिएको छ । कार्यक्रममा वडा नं १५ का वडा अध्यक्ष प्रकाश पौडेल, आश्रम का अध्यक्ष नारायण शर्मा ,कार्यक्रम संयोजक शोभा घर्ती लगायतले बोलेका थिए ।दुवै कार्यक्रमा जेसिज सप्ताह का मुल संयोजक शोभा भुजेलले जेसीज सप्ताह अन्तर्गतका सातै दिनका कार्यक्रको बारेमा जानकारी गराएकी थिईन ।

कमेन्टहरु
Loading...