जन्मदिनमा आश्रममा सहयोग

पोखरा, १८ माघ/जन्मदिनको अवसर पारेर कुस्माका दिया चापागाइले मानवसेवा आश्रममा सहयोग गरेकी छिन् । हाल इजरायलमा रहेको छोरी नम्रताको जन्मदिनको अवसर पारेर चापागाइले आश्रममा खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेका हुन् । आश्रममा ६५ जना बृद्धबृद्धा तथा ५ जना अनाथ बालबालिकाहरु रहेका छन् । जाडोको लत्ता कपडा र खाद्यान्न हस्तान्तरण गर्दै उनले २ छोरीहरु नमुना र नबिनाको सम्झना गरे ।

हस्तान्तरण कार्यक्रममा बोल्दै कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दुर्गा सुवेदीले मानवसेवा नै सबैभन्दा ठुलो सेवा भएको बताए । उनले मानव भएर मानवको सेवा गर्नु नै सबै भन्दा पुण्य काम भएकोले यस्तो कामले नै मानवता जाग्ने बताए । कार्यक्रममा आश्रमका अभियन्ता सृजना पौडेल, पार्वती चापागाई लगायतको उपस्थिती रहेको थियो ।

 

 

कमेन्टहरु
Loading...