जननी अवार्ड र जननी सम्मान कार्यक्रमको तयारी अन्तिम चरणमा

पोखरा, २३ फागुन /उद्यमशीलता, स्वतन्त्रता र समानताको नारालाई आत्मसात् गर्दै स्थापना भएको पद्मावती मिडिया प्रालि द्धारा सञ्चालित रेडियो जननी ९०.६ को दोस्रो वार्षिकोत्सव समारोहको तयारी अन्तिम चरणमा पुगेको छ ।

जननी अवार्ड र जननी सम्मान कार्यक्रमको तयारी अन्तिम चरणमा
जननी अवार्ड र जननी सम्मान कार्यक्रमको तयारी अन्तिम चरणमा

रेडियोले १०६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन फागुन २५ गते मंगलबार आफ्नो दोस्रो वार्षिकोत्सव एवम् जननी अवार्ड २०७२ र जननी सम्मान २०७२ र जननी दोस्रो उद्यमी आवाज स्मारिका विमोचन गर्दैछ । ति सबै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको रेडियोले आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

दोस्रोे वार्षिकोत्सवको अवसरमा रेडियोले पोखराका २९ वटै वडाका क्रियाशिल महिलाहरुको समुह मध्ये उत्कृष्ट ३ वटा समुहलाई जननी अवार्ड–२०७२ बाट सम्मान गर्दैछ । यस्तै विभिन्न क्षेत्रमा सक्रिय रुपमा कार्यरत रहि विशिष्ट योगदान पु¥याएका महिलाहरुलाई जननी सम्मान–२०७२ बाट सम्मान गरिनेछ । यस अन्र्तगत शिक्षा, स्वास्थ्य, पर्यटन, सहकारी, सामाजिक क्षेत्र, कृषि, साहित्य तथा संगित, विज्ञान तथा प्रविधी, उद्यमशिलता, महिला तथा बालबालिका, अपाङ्गता क्षेत्रमा योगदान पु¥याएका महिलाहरुलाई सम्मान गर्न लागिएको रेडियोका अध्यक्ष हिरा भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सम्मान कार्यक्रमले महिलाहरुलाई सामाजिक गतिविधीमा अझ सक्रिय रुपमा अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास उँहाले व्यक्त गर्नुभयो । जननी सम्मानका लागि वरिष्ठ पत्रकार नारायण कार्की र पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष दिपक श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय छनोट समिति गठन गरिएको जानकारी दिनुभएको छ । उहाँले २०७१ सालमा जननी अवार्डबाट सम्मानित ३ वटा महिला समुह मध्ये उद्यमशीलतामा उत्कृष्ट कार्य गरी हस्तकला उद्योग समेत स्थापना गरेको नमुना हस्तकला उद्योग मालेपाटन ५ लाई पद्मावती हस्तकला उदोग राष्ट्रबैङचोक पोखरा १७ बाट पद्मावती अवार्ड प्रदान गरिने पनि बताउनुभयो ।

यसै गरि महिला उद्यमीहरुको आवाजसँगै रेडियो जननी प्रति शुभेच्छुक÷शुभचिन्तक र श्रोताको भनाईलाई समेटेर “जननी दोस्रो उद्यमी आवाज” स्मारिका २०७२ पनि रेडियोले समेत प्रकाशन गर्दैछ । ति सम्पूर्ण कार्यक्रमको तयारी अन्तिम चरणमा अध्यक्ष भट्टराईले जानकारी दिनु भयो । जननी अवार्ड र जननी सम्मान कार्यक्रमलाई काष्टर नेपाल प्रालिले प्रायोजन गरेको छ ।

पत्रकार सम्मेलनमा, रेडियो जननीका स्टेशन म्यानेजर तथा वार्षिकोत्सव कार्यक्रमका संयोजक विमला भण्डारीले समाजमा उद्यमशीलतालाई अगाडी बढाउने र फरक खालको भुमिका निर्वाह गर्ने सोचका साथ अगाडि बढीरहेको रेडियोले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।

कमेन्टहरु
Loading...