पोखरा जनप्रिय सहित तीन क्याम्पस उत्कृष्ट, शिक्षा दिवसमा पुरस्कृत गर्ने

काठमाडौ, २१ भदौ /पोखरा, काठमाडौं र इलामका तीन क्याम्पस यस वर्ष उत्कृष्ट घोषित भएका छन् । पोखराको जनप्रिय बहुमुखी क्याम्पस, काठमाडौंको कलेज अफ वायोमेडिकल इन्जिनियरिङ र इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस उत्कृष्ट तीनमा परेका हुन् ।

विश्वविद्यालय समन्वय समितिले यी तीन क्याम्पसलाई २०७२ सालको उत्कृष्ट ठहर गर्दै राष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कार प्रदान गर्न शिक्षा मन्त्रालयमा सिफारिस गरेको हो ।

वायोमेडिकल इन्जिनियरिङ क्याम्पस पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी क्याम्पस हो । यसैगरी जनप्रिय बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायीक क्याम्पस हो भने महेन्द्ररत्न बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस हो ।

कमेन्टहरु
Loading...