विकासमा जनप्रतिनिधिलाई सघाउने युवाले खोले आइडिया नेपाल

पोखरा, ८ साउन /स्थानीय तहमा आएका जनप्रतिनिधिलाई विकासमा सघाउने लक्ष्य सहित पोराका युवाहरुले आइडिया नेपाल नामक संस्था स्थापना गरेका छन् । विकासलाई नै मुलधार मानेर, समाजमा भएका विकासका समस्याहरुको समाधानमा सहयोग पु¥याउने लक्ष्य रहेको छ ।

कार्यक्रममा सम्बोधनका क्रममा संस्थाका संस्थापक तथा निर्वाचित कर्याकारी सदस्य युदिप क्षेत्रीले नेपालको सुस्त विकास क्रम देखि निरास भएर नै केही नयाँ गर्ने सोचले आइडिया नेपाल को जन्म भएको बताए । कार्यक्रममा संस्थापक प्रवेश श्रेष्ठ, समस्याहरु फेस्बुक रंगाएर बिरोध मात्र गर्ने होइन ,समाधान सहित सम्बन्धित निकायमा जानुपर्ने बताए ।

नवनिर्वाचित सभापति किसोर सुवेदी संस्थालाई जुन लक्ष्यका साथ स्थापित भएको थियो । त्यसलाई हृदय देखि नमन गरि समाज परिवर्तनको निम्ति इट्टा थप्ने काम गर्ने बताए । युथ थिन्कर सोसाइटीकि प्रतिनिधि स्मृति बराल, मेन्स रुम रिलोडेट प्रतिनिधि सुभाष शर्मा , युवा साइन्टिस विकल्प ढुंगाना, युवा संजालका गणेश रिमाल ,हेल्प फोर हेल्यप लेस का अध्यक्ष सन्तोष पौडेल लगायतले शुभकामना दिएका थिए ।

समितिमा संयोजकमा किसोर सुबेदी, सचिवमा स्मृति बराल, कोषाध्यक्षमा प्रतीक्षा बराल , प्रवक्तामा गणेश रिमाल ,रिसर्च अफिसरमा विकल्प ढुंगाना ,सोसल साइट अफिसरमा एन्जिला गुरुङ ,हियुमन राइट अफिसरमा प्रभा लम्साल ,सदस्यहरु मा सुन्दर गुरुङ ,युदिप क्षेत्री ,अस्मिता न्यौपाने ,नवीन बराल ,सन्तोष पौडेल ,यज्ञ पौडेल निर्वाचन भएका छन् ।

कमेन्टहरु
Loading...