जनमोर्चाका झडपमा परेका उमेद्वारको उपचारका लागी पोखरामा (फोटो फिचर सहित)

सागर राज तिमिल्सिना
पोखरा, १ मसिर/शुक्रबार साँझ बाग्लुङको हुग्दीशिरमा भएको झडपमा परि गम्भिर घाइते भएका तीन जनालाई थप उपचारका लागि आज बिहान हेलिकोप्टरबाट पोखरा ल्याएको छ । राष्ट्रिय जनमोर्चा र एकिकृत माओबादीबिच भएको झडपमा परि घाइते भएका जनमोर्चाकी समानुपातीक उमेद्वार मिना पुन, कार्यकर्ताहरु सुनबहादुर पुन र मिनबहादुर पुनलाई बिहान हेलिकोप्टरबाट थप उपचारका लागी पोखराको मणिपाल शिक्षण अस्पताल ल्याएको हो ।
शुक्रबार साँझपख भएको झडपमा राष्ट्रिय जनमोर्चाकी पुर्व सभाषद् समेत रहेकी मिना पुन सहित मिनबहादुर पुन, रिमबहादुर पुन, थमबहादुर थापा, लिलाबहादुर थापा, मोहन पुन, इन्द्रबहादुर पुन, खड्कबहादुर बसेल घाइते भएका थिए । त्यस्तै एकिकृत नेकपा माओबादीका राज्य समिति सदस्य चिनिमायाँ कालामगर सहित अन्य ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
झडपमा परि गम्भिर घाइते भएका जनमोर्चाका कार्यकर्ताहरुलाई थप उपचारका लागि शुक्रबार नै हेलिकोप्टर मार्फत उद्धार गर्न लागे पनि हेलिकोप्टर ल्याण्ड गर्न समस्या हुँदा त्योहि राखिएको थियो । जनमोर्चाको आमसभा भैरहेका बेला एनेकपा माओबादीका कार्यकर्ताहरुले ढुंगामुढा गरेको राष्ट्रिय जनमोर्चाको आरोप छ ।
चुनावी प्रचारका लागि पैदल यात्रा गरिरहेका बेला राष्ट्रिय जनमोर्चाले एक्कासी आक्रमण गरेको र त्यसको प्रतिकार गर्ने क्रममा आफू सहित ८ जना घाइते भएको एमाओबादीको भनाई छ । यद्यपी बाग्लुङ प्रहरीले भने एकिकृत माओबादी पक्षका व्यक्तिहरु घाइते भएको पुष्टी गरेको छैन । घटनास्थल सदरमुकाम बाग्लुङ बजारदेखि एक दिनको पैदल दुरीमा पर्छ ।
तस्वीर ः दिननाथ बराल
janamurcha (2) janamurca janamurcha janamurcha (1)
 
 

कमेन्टहरु
Loading...