जलजलाका बाढी पहिरो पिडीतलाई लायन्स क्लबहरुको सहयोग

पोखरा, १७ साउन / बाढी र पहिरोका कारण नराम्रो संग प्रभावित बनेको पर्वतको जलजला गाउँपालिकाका पिडीतहरुलाई लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपाल अन्र्तगतका लायन्स क्लबहरुले आर्थिक र खाद्यान्न सामाग्री सहयोग गरेका छन ।

बुधबार डिष्ट्रिक्ट ३२५ बि १ अन्र्तगका पोखरा स्थित बिभिन्न क्लब एवं अग्रज लायन लिडरहरुबाट संकलित नगद २ लाख २४ हजार ४ सय २५, कुस्मा स्थित बिधिन्न लायन्स क्लबहरुबाट २५ हजार गरि करिव नगद २ लाख ५० हजार पिडीतहरुको सामुहिक आवास निर्माणका लागि सहयोग गरिएको छ भने लायन्स क्लब अफ पोखरा अन्नपुर्णले १ लाख रुपैँया भन्दा बढीको खाद्यान्न सामाग्री र त्रिपाल बितरण गरेको छ ।

बाढी पहिरो पिडीतहरुका लागि सकंलन गरिएको नगद र खाद्यान्न सामाग्री जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ललाई हस्तान्तरण गरिएको छ । अध्यक्ष मल्ललाई लायन्स क्लब अफ डिस्ट्रीक्ट ३२५ बि १ का को चिफ डिष्ट्रिक्ट एड्भाइजर काशीकुमार जोशी, डिष्ट्रिक्ट डिसेबल एड डिर्पाटमेन्ट चिफ सोनाम स्याङपो, सिनियर डिष्ट्रिक्ट एड्भाइजर एवं इमर्जेन्सी एक्सन कमिटीका संयोजक दिनबन्धु पौडेल लगायतले संयुक्त रुपमा हस्तान्तरा गरेका थिए ।

गएको साउन १ गते राती जलजला गाउँ पालिका वडा नं ७ र ८ मा गएको बाढी पहिरोमा परि १ जनाको ज्यान गएको छ भने १४ घर पुर्णरुपमा बिस्थापित बनेका छन । लस्दीखोलामा भएको कटान र अन्य क्षेत्रमा गएको पहिरोका कारण धेरै घर परिवार जोखिममा छन । बाढी पहिरोमा परेर घरबार बिहीन भएकाहरु आफन्त र स्थानिय निजी बिद्यालयमा आश्रय लिएर बस्दै आएका छन । पहिरो गएको जलजला –८ बेरनेटामा घर बनाउने जमिन समेत नभएका कारण पिडीत सुकुम्बासी दलितहरुका लागि सुरक्षित स्थान खोजेर सामुहकि आवास बनाउने आवश्यकता देखिएको छ ।

लायन्स क्बल अफ शिबालय कुस्माकी अध्यक्ष मानकुमारी गिरीको अध्यक्षतामा भएको राहत हस्तान्तरण कार्यक्रममा सिनीयर डिष्ट्रिक्ट एड्भाईजर लेखनाथ उपाध्याय, इमर्जेन्सी एक्सन कमिटी सहसंयोजकहरु बालकृष्ण बराल र ऋषि गिरी, जोनचेयर पर्सन टंकराज अधिकारी र सन्तोष घिमिरे र लायन्स क्लब अफ कुस्मा सिटीकी अध्यक्ष सरस्वती शर्मा जिज्ञासु लगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रममा पोखरा र पर्वत स्थित बिभिन्न लायन्स क्लबका अध्यक्ष पदाधिकारी एवं डिष्ट्रिक्ट पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...