मन्त्री विश्वकर्माद्धारा ५ विद्यार्थी अभिभावकत्व ग्रहण, अनेरास्ववियुको कापि कलम अभियान शुरु

पोखरा, ९ वैशाख/युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले आइतबार ५ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । सोही अवसरमा अनेरास्ववियु कास्की भुगौल कमिटिले सञ्चालन गरेको तेस्रो भर्ना अभियान तथा कापि कलम अभियानको शुरु गरे ।

विश्वकर्माले आइतबार दलित तथा जनजाती परिवारका छोरा÷छोरी मध्ये २ जना छात्र र ३ जना छात्राको अभिभावकत्व लिदै माध्यमिक तह सम्मको शिक्षा प्रदान गर्ने घोषणा गरे । अघौँ घर भई हाल आफ्न्तको घरमा पोखरा —१९ घार्मी बस्दै आएका ८ वर्षिय विशाल सुनार र म्यादी घर भई हाल घार्मीमा नै बस्दै आएकी ८ वर्षिया रेखापुनलाई स्थानिय महेन्द्र मा.विमा भर्ना गर्दै मन्त्री वि.कले विद्यालय सामाग्री सहित नगद १० हजार रुपैँया विद्यालयका प्रधानध्यापक बासुदेव पौडेललाई हस्तान्तरण गरे ।

त्यसै गरि आइतबार नै पोखरा १८ भकुन्डेको शान्ता माविका कक्षा नर्सरीमा शुसी जालारीलाई भर्ना गर्दै अभिभावकत्व ग्रहण गरे । त्यसै गरि पोखराको नविन माविका कक्षा २ मा अध्ययन गर्ने रविना नेपाली र कक्षा ५ मा अध्ययन गर्ने रञ्जित नेपालीको अभिभावकत्व ग्रहण गरेका हुन् ।

मन्त्री विकले शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी राज्यले लिनुपर्ने बताए । उनले शिक्षा र स्वास्थ्य मौलिक हक भएको उल्लेख गर्दै शिक्षामा देखिएको विभेदलाई अन्त्य गर्न सरकार लागि परेको बताए । त्यस अवसरमा मन्त्री विकले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आफूले पहलगर्ने जानकारी दिए । मन्त्री विक सँग विद्यालय व्यावस्थान समितिका अध्यक्ष डण्डराज पौडेल र प्रधानध्यापक बासुदेव पौडेलले शिक्षक दरबन्दी न्यून रहेको, खेल मैदानको अभाव लगायतका विषयमा अवगत गराएका थिए ।

अनेरास्वुवियु कास्की भुगोल कमिटिले विगत तीन वर्ष देखि सञ्चालन गर्दै आएको भर्ना अभियान तथा कापि कलम अभियान पोखरा १८ शान्ता माविबाट शुरु भएको हो । कार्यक्रममा अनेरास्वुवियु कास्की भुगोल कमिटिका उपाध्यक्ष तथा अभियानका संयोजक लक्ष्मण तिमिल्सिनाले अभियानले शिक्षाबाट बन्चित भएका विद्यार्थीको शिक्षाको ढोका खोलेको बताए । उनले निम्न वर्गका विद्यार्थी र जेहेन्दा विद्यार्थीलाई सहयोग कापि र कलम सहयोग गर्दै आएको बताए । उनले शान्ता माविमा कक्षा ६ मा अध्ययनरत विष्णुमाया तामाङको अभिभावकत्व ग्रहण गरेका छन् । उनले मावि सम्म अध्ययन गराउने बताए ।

अनेरास्वुवियु कास्की भुगोल जिल्ला कमिटिका अध्यक्ष शेखर गौतमले यो अभियानलाई अन्य विद्यालयमा पनि सञ्चालन गर्ने बताए । सो अवसरमा शान्ति माविमा अध्ययनरत ३० जना विद्यार्थीलाई कापि कलम अभियान अन्तरगत मन्त्री विकले वितरण गरे ।

कमेन्टहरु
Loading...