गाउँ पुगेर आर्शिवाद लिए खेलकुद मन्त्री विश्वकर्माले

पोखरा, ६ चैत/युवा तथा खेलकद मन्त्री जगत बहादुर सुनार विश्वकर्मा गाउँ पुगेर बाबुसगँ आर्शिबाद लिएका छन् । पोखरा लेखनाथ महानगरपालिका घार्मी पुगेर आर्शिवाद लिएका हुन् । उनलाई स्थानीय बासिन्दाले स्वागत सहित सम्मान गरे ।

मन्त्री बनेपछि पहिलो पटक जन्मस्थान पोखरा लेखनाथ– १९ घार्मी पुग्नुभएका मन्त्री वि.क.लाई स्थानीय भूमेश्वर प्रा.वि र महेन्द्र मा.वि का विद्यार्थी सहित स्थानीय बासिन्दाले भव्य स्वागत गरे ।

मन्त्री वि.क.लाई स्थानीय बासिन्दाले स्वागत गर्दै गाउँमा भएका विकास निर्माण तथा गाउँलेले भोग्नुपरेका समस्याका बारेमा अवगत गराएको एमाले नगर कमिटिका सदस्य डिल्लीराम पौडेलले जानकारी दिए ।

स्थानीय वासीको सम्मान लिएपछि मन्त्री वि.क. आफ्नो घरमा दाजुभाई बुवा डिलबहादुर सुनारसँग आशिर्वाद लिएका थिए ।

कमेन्टहरु
Loading...