मुस्ताङका सांसद इन्द्रधारा विष्टद्धारा मुस्ताङको सडक दुर्घटना प्रति दुख ब्यक्त 

पोखरा २२ असार /शुक्रबार दिउसो कालीगण्डकी करिडोर सडक खण्ड अन्तर्गत उपल्लो मुस्ताङमा भएको ट्रिपर दुर्घटना प्रति मुस्ताङका सांसद इन्द्रधारा विष्टले दुख ब्यक्त गर्नुभएको छ । उपल्लो मुस्ताङको स्याबोचे नजिकै भएको ट्रिपर दुर्घटनामा परी २० जना मजदुरको मृत्युले आफु निकै भावुक बनेको प्रदेश सभा सदस्य विष्टले वताएका छन ।
आफु प्रदेश सभाको बैठकमा पोखरा भएका कारण घटना स्थलमा पुग्न नसकेपनि १२ जना घाइतेलाई पोखराको मणिपाल हस्पिटलमा उपचारमा सहयोग गरेको वताउदै घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना सहित मृत परिवार प्रति धैर्यधारण गर्न समेत विष्टले आग्रह गरेका छन ।
घटना जे जस्तो कारणले भएतापनि घटनामा परी मृत्यु भएका परिवारलाई उचित क्षतीपुर्ती र घाइतेको उपचारका लागी आफुले सम्बन्धीत निकाय समक्ष सहकार्य गरेर अगाडी वढ्ने सांसद विष्टले वताएका छन ।
कमेन्टहरु
Loading...