तमु संचारकर्मी संघ शान्ति गुरुङ, हुम तमुलाई सम्मान

पोेखरा, ३० पुस /विभिन्न संचार माध्यममा क्रियाशील तमु पत्रकार हरुको संगठन तमु संचारकर्मी संघ नेपाल कास्की शाखाको तेश्रो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनले शान्ति गुरुङ्ग पुन अध्यक्षमा चयन गरेको छ ।
संघको उपाध्यक्षमा युग गुरुङ्ग, सचिवमा सुरोज गुरुङ्ग, सह–सचिवमा कन्चन गुरुङ्ग, कोषध्यक्षमा शीला गुरुङ्ग, सदस्यहरुमा पदम गुरुङ्ग, सुमन गुरुङ्गु, जीत गुरुङ्ग, खिमा गुरुङ्ग, बेल गुरुङ्ग र अस्मिता गुरुङ्ग चयन भएका छन ।

संघको संरक्षकमा मिना गुरुङ्ग, कानुनी सल्लाहकारमा जुनाकुमारी गुरुङ्ग चयन भएका छन भने सल्लाहकारहरुमा राजबहादुर गुरुङ्ग, हुम गुरुङ्ग, भुपाल गुरुङ्ग देविजङ्ग गुरुङ्ग र खड्ग गुरुङ्ग चयन भएका छन । नवनिर्वाचित कार्यसमितिहरुलाई तमु संचारकर्मी संघ नेपाल कास्की शाखाको कानुनी सल्लाहकार जुनाकुमारी गुरुङ्गले पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी थिईन ।

नवनिर्वाचित अध्यक्ष शान्ति गुरुङ्गले पत्रकारिताको विकास, एकता, हकहित र तमु संचारकर्मी संघ नेपाल कास्की शाखाको संस्थागत विकासका लागि आफु लगायत नवनिर्वाचित कार्यसमितिलाई क्रियाशील बनाईराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

साधारणसभा तथा अधिवेशनलाई तमु संचारकर्मी संघ नेपालका केन्द्रिय अध्यक्ष तथा कास्की शाखाका संरक्षक मिना गुरुङ्गले दीप प्रज्वलन गरी उद्घाटन गरेकी थिईन । उद्घाटन सत्रको उद्घाटन गर्दै तमु संचारकर्मी संघ नेपालका अध्यक्ष तथा संरक्षक मिना गुरुङ्गले तमु पत्रकारहरु संगठित भएर काम गर्दै गुरुङ्ग जातीको उत्थानमा लाग्नको लागी सुझाव दिईन् ।

कार्यक्रम तमु साहित्यिक मञ्चका अध्यक्ष गौरी गुरुङ्ग, टप्स बोर्डिङ्ग स्कुलका प्रिन्सिपल रत्नमान गुरुङ्ग, मदल्याण्ड मा.बिका प्लस टु का ईन्चार्ज एल.बि गुरुङ्ग, तमु संचारकर्मी संघ नेपालका केन्द्रिय सचिव रोसनी गुरुङ्ग, जिफान नेपालका केन्द्रिय अध्यक्ष गिरि प्रसाद गुरुङ्ग, कानुनी सल्लाहकार जुनाकुमारी गुरुङ्ग लगायतले शुभकाना दिएका थिए । साधारणसभामा सचिवको बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।
तमु संचारकर्मी संघ नेपाल कास्की शाखाका अध्यक्ष शान्ति गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रको सचिव देविजङ्ग गुरुङ्गले संचालन गरेका थिए भने उपाध्यक्ष भुपाल गुरुङ्गले स्वागत गरेका थिए ।

तमु पत्रकारिता पुरस्कार हुम गुरुङलाई

तमु संचारकर्मी संघ नेपाल कास्की शाखाले प्रदान गर्ने तमु पत्रकारिता पुरस्कार यो वर्ष लामो समय पत्रकारितामा क्रियाशिल पत्रकार हुम गुरुङ्गलाई प्रदान गरिएको छ ।

तमु संचारकर्मी संघ नेपाल कास्की शाखाको तेश्रो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनको अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा पुरस्कारदाता मिना गुरुङ्गले शनिवार नगद राशी १५ हजार र सम्मानपत्र प्रदान गरेको हो ।

कमेन्टहरु
Loading...