पोखराको कोरोना अस्पतालमा मृत्यु भएका कार्कीको कोरोना रिपोर्ट नेगेटिभ

पोखरा, २० जेठ/ पोखरा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारका क्रममा आइतबार उपचारका क्रममा मृत्यु भएका स्याङ्जा फेदीखोला गाउँपालिका ५१ वर्षीय खड्कबहादुर कार्कीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

पोखराको कोरोना विशेष अस्पतालमा मृत्यु भए पछि उनको कोरोना परीक्षणका लागि स्वाब लिएको थियो ।

२ हप्ताअघि भारतबाट आई क्वारेन्टिनमा बसेर घर फर्किएका पछि उनलाई ज्वरो आएपछि उनी उपचारका लागि पोखरा आएका थिए । क्वारेन्टिन बसेर घर फर्किने क्रममा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

उपचारका क्रममा कार्कीको मृत्यु भएपछि अस्पताल प्रशासनले पुनः कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पोखरा स्वास्थ्य प्रतिष्ठानकाको प्रयोगशालामा परीक्षण गरेको थियो ।

कमेन्टहरु
Loading...