पोखरामा होण्डाको आइ डियोड टु इट

पोखरा, ४असार/होण्डा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी तथा पोखराका लागि आधिकारिक विक्रेता कुँवर ब्रदर्स एण्ड सन्सको आयोजनामा आइ डियोड टु इट २०१९ को पोखरा संस्करण सम्पन्न भएको छ ।

पोखरा विश्वविद्यालय स्कुल अफ डेभलभमेण्ट एण्ड सोसल इन्जिनियरिङ्गको प्राङ्गणमा भएको कार्यक्रम अन्र्तगत स्पिन एण्ड वक गेम सोका लागि विश्वविद्यालयका ४० भन्दा बढि बिद्याथीले भाग लिएका थिए ।उक्त गेम सो बाट स्कुल अफ डेभलभमेण्ट एण्ड सोसल इन्जिनियरिङ्गका रोशन घिमिरे प्रथम भए । उनले नगद रु १० हजार प्राप्त गरे । प्रत्यक समुहमा ५ जनाका दरले खेलाइएको स्पिन एण्ड रनका लागि कलेजका कार्यक्रम संयोजक सुरेन्द्र तिवारीले गोला प्रथामार्फत बिद्यार्थी छनौट गरेका थिए ।

यस्तै समुह विजेता सम्पुर्णलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको कुँवर ब्रदर्स एण्ड सन्सका सेल्स म्यानेजर विष्णु प्रसाद दहालले जानकारी दिए । सहभागी मध्य एक जनाले गोला प्रथाबाट एउटा जुकबक्स पुरस्कार पाएका थिए । उक्त अवसरमा कर्पोरेट सामाजिक उत्तरदायित्व वहन गर्दै कम्पनीले पोखरा छोरेपाटनको मानवसेवा आश्रमलाई रु ५० हजार नगद हस्तान्तरण गरेको थियो ।

उक्त रकम बराबरको चेक पोखरा विश्वविद्यालय, स्कुल अफ डेभलभमेण्ट एण्ड सोसल इन्जिनियरिङ्गका निर्देशक डा. रामप्रसाद अर्याल र होण्डाका जापान प्रतिनिधी नाओकीले सयुक्त रुपमा मानवसेवा बृद्धा आश्रमका प्रतिनिधी राजन सापकोटालाई प्रदान गरेका थिए । स्याकार ट्रेडिङ्ग कम्पनी तथा कुँवर ब्रदर्स एण्ड सन्सको आयोजनामा भएको कार्यक्रम अभनी एडभरटाइजिङ्गको संयोजनमा भएको थियो ।

कमेन्टहरु
Loading...