पोखरामा करिब ८ हजार लिटर घरेलु मदिरा नष्ट

पोखरा, २७ साउन/ पोखरामा घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन भईरहदा पछिल्लो समय वडा प्रहरी कार्यालय बैदामले ठुलो परिमाणमा घरेलु मदिरा नियम्त्रणमा लिई नष्ट गरेको छ ।

प्रहरीले साउन २५ गते पोखरा ९ बसपार्क स्थित विभिन्न भट्टी पसल तथा होटलबाट करिब ८ हजार लिटर तयारी तथा घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय बैदाम प्रमुख प्रहरी नायव उपरिक्षक नबिन कार्कीले जानकारी दिए ।

उनले घरेलु मदिरा सेवनबाट घरेलु हिंसा र अन्य जघन्य अपराधहरु समेत निम्त्याउने बताए । घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण नगर्न तथा यदी कसैले गरेको थाहा पाएमा तत्कालै प्रहरीलाई सुचना दिन उनले आग्रह गरे ।

घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण हुन्छ भन्ने स्थानिय बासिको दिएको जानकारी पछि मदिरा नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको घरेलु मदिरा स्थानिय जनप्रतिनिधी, पत्रकार तथा स्थानियको उपस्थितिमा नष्ट गरिएको कार्कीले बताए ।

कमेन्टहरु
Loading...