होलीमा रमाए विदेशी पर्यटक (फोटो र भिडियोमा)

सागर राज तिमिल्सिना
पोखरा, १७ फागुन /होली पर्वका अवसरमा पोखरा आएका विदेशी पर्यटकले पोखरेलीसँगै होलीमा रमाए । एक आपसमा रंगले शुभकामना साट्दै रंगहरुको पर्व होली मनाएका हुन् । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखरा र नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघ पोखरा लगाएतका संघ सस्थाले आयोजना गरेको कार्यक्रममा विदेशीहरु रमाए । होलिको अवसरमा लेकसाइडमा विशेष कार्यक्रम नै आयोजना गरेको थियो । नाचगान र रंगले छ्यापाछ्याप गर्दै लेकसाईड परिक्रमा गर्दा विदेशी पर्यटकहरु निकै रमाएका देखिन्थे ।

पहिलो पटक होलिमा सहभागि भएका कतिपय विदेशीले विशेष रुचिका साथ नेपाली सँगै रमाइलो गरेका थिए । होली पर्वमा विदेशी पर्यटकहरु आपसमा रंगहरु दलेर होली मनाउँदा पर्यटकहरुको अनुहार रंगीचंगी बन्दा पर्यटकहरुलाई चिन्न समेत मुस्किल थियो । होलीमा रमाउन पाउदा पर्यटकहरुले खुसी व्यक्त गरे ।

आन्तरीक एवं बाह्य पर्यटक प्रबद्र्धन गर्ने उद्देश्यका पर्यटन व्यावसायीले होली महोत्सवको आयोजना गर्दै आएका छन् । होली विशेष कार्यक्रमले पर्यटकीय क्षेत्र लेकसाइडमा आउने पर्यटकहरु रमाउने गरेको व्यवासायीहरु बताउ छन् । होलीमा पोखरामा कार्यक्रहरु हुनथाले पछि पोखरा पर्यटकको आक्रर्षण साथै इभेन्ट गर्ने स्थलका रुपमा समेत विकसीत भएको नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सुर्य थपलियाले बताए ।

कार्यक्रममा विदेशी पर्यटकहरु र नेपालीहरु एकआपसमा विभिन्न रंगहरु एकआपसमा दल्दै होली सँग रंगिएका थिए । पर्यटन ब्यवसायीसँग मात्र हैन पर्यटकहरु बाल बच्चाहरु सँग औधी खुशी भएर रंग हान्ने र अविर खेल्नमा ब्यस्त देखिन्थे । पर्यटकको बढी चहलपहल हुने लेकसाइड क्षेत्र नै होलीको बेलामा आकर्षणको केन्द्रविन्दु बने गरेको छ ।

पोखरामा होलीमा रमाए विदेशी पर्यटक
पोखरामा होलीमा रमाए विदेशी पर्यटक
पोखरामा होलीमा रमाए विदेशी पर्यटक
पोखरामा होलीमा रमाए विदेशी पर्यटक
पोखरामा होलीमा रमाए विदेशी पर्यटक
पोखरामा होलीमा रमाए विदेशी पर्यटक
पोखरामा होलीमा रमाए विदेशी पर्यटक
पोखरामा होलीमा रमाए विदेशी पर्यटक
पोखरामा होलीमा रमाए विदेशी पर्यटक
पोखरामा होलीमा रमाए विदेशी पर्यटक

कमेन्टहरु
Loading...