एचआइभी र प्रजनन स्वास्थ्य एकिकृत रुपमा सञ्चालन गर्न सुझाव

माघ २८, पोखरा /यौन तथा प्रजनन स्वास्थ्य र एचआइभी एड्सको सेवा एकिकृत ढङ्गले प्रदान गर्न सके सेवा प्रभावकारी हुन सक्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । एड्स विरुद्ध राष्ट्रिय नेटवर्क समूह नेपाल (नानगान) को आयोजना र नेपाल परिवार नियोजन संघ कास्की शाखाको सहयोगमा मंगलवार पोखरामा आयोजित यौन तथा प्रजनन् स्वास्थ्य र एचआइभी एड्स विषयक क्षेत्रीय कार्याशालामा भएको छलफल कार्यक्रममा यस्तो निष्कर्ष निकालेका हुन् ।

सो अवसरमा एड्स विरुद्ध राष्ट्रिय नेटवर्क समूह नेपाल (नानगान) का महासचिव गणेश लोहनीले प्रजनन् स्वास्थ्य र एचआइभी एड्स एक आपसमा अन्तरसम्बन्धित गराउदा एड्सको महामारीलाई कम गराउन सहयोग पुग्ने बताउनुभयो । नानगानका पश्चिमाञ्चल संयोजक एवम् एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्वमोहन गौचनले प्रजनन् स्वास्थ्य र एचआइभी एड्सका कार्यक्रम एकिकरण गरि सञ्चालन गर्न सके दिगो हुन सक्ने उल्लेख गर्नुभयो ।

सहभागितको तर्फबाट बोल्दै मिना गुरुङ र राजु थकालीले संकलन गरिएका सुझावहरु कार्यान्यन गर्न सके कार्यशाला फलदाय हुने बताए । एड्स रोग नियन्त्रण संघ, कास्कीको समन्वयमा भएको कार्यशालामा एचआइभी एड्स, परिवार नियोजन संघ, सङ्क्रमित तथा विभिन्न सरोकारवाला संस्थाका गरि २० जनाको सहभागिता रहेको थियो । नानगानले देशका पाँचै विकास क्षेत्रमा यस प्रकारको कार्याशाला सम्पन्न गरिसकेको छ । सबै सुझावलाई केन्द्रियरुपमा एकिकृत गरि सम्बन्धित ठाँउमा कार्यान्वयनका लागि सिफारिस गर्ने कार्यक्रम संयोजक दल बहादुर जिसीले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...