शिवालय माविका पूर्व विद्यार्थीहरुको अध्यक्षमा सुवेदी

पोखरा , ७ माघ /कास्कीको रुपा गाउँपालिका–२,थुम्कीमा रहेको शिवालय माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको भेलाले राजन सुवेदीको अध्यक्षतामा भूतपूर्व विद्यार्थी मञ्च तदर्थ समिति गठन गरेको छ । शनिबार सम्पन्न भेलाबाट मञ्चको उपाध्यक्षमा शिव सुवेदी, सचिवमा पोष्टराज सुवेदी, कोषाध्यक्षमा प्रदिप सुनाम र सहसचिवमा कृष्णा सुवेदी ओझा चयन भएका छन् ।

मञ्चका सदस्यहरुमा उदय ओझा, आशिष ओझा, भगवान ओझा र ऋषिराम ओझा चयन भएका छन् । अध्यक्षमा चयन भएका सुवेदीले शिवालय माविको चौतर्फी विकासका लागि भूतपूर्व विद्यार्थीहरुको सहयोग जुटाउन आफूहरु लागिपर्ने प्रतिबद्धता जनाए ।शिवालयले देशका प्रतिष्ठित व्यक्तित्वहरु जन्माएको स्मरण गर्दै उनीहरुलाई विद्यालय प्रतिको दायित्व स्मरण गराउन मञ्चले भूमिका खेल्ने उनको भनाई थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष राजेन्द्र ओझा, लेखनाथ सामुदायिक प्रहरी सेवाका अध्यक्ष रमेश ओझा, रुपा गाउँपालिका वडा नं. २ मा सदस्य बद्रिनाथ ओझा, पूर्व प्रधानाध्यापक रोशनलाल गुरुङ, उदय ओझा लगायतले बोलेका थिए ।विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले सहजीकरण गरेको कार्यक्रमबाट सर्वसम्मत चयन भएको समितिको पहिलो बैठकले डाक्टर सोमलाल सुवेदी, डाक्टर रामनाथ ओझा, डाक्टर नारायण ओझा, रोशनलाल गुरुङ र ईन्जीनियर झलक मोहन ओझालाई समितिको सल्लाहकारमा चयन गरेको छ ।

कमेन्टहरु
Loading...