पोखराको हिमाल कलेजमा अनलाइन कक्षा शुरु

फाइल तस्बिर

पोखरा, १६ वैशाख / पोखरा ८ बगाले टोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टले अनलाइन कक्षा शुरु गरेको छ । कोरोना भाइरसका कारण लकडाउनका कारण प्रभावित कक्षाहरु कलेजले अनलाइन माध्मबाट शुरु गरेको हो ।

विद्यार्थी अध्ययनरत क्याम्पसमा सेमेष्टर प्रणाली अन्तर्गत सञ्चालीत कक्षाहरुलाई अनलाइन प्रबिधिको माध्यमबाट सञ्चालन गरेको क्याम्पस प्रमुख हरि कार्कीले जानकारी दिए ।

क्याम्पस प्रमुख कार्कीले लकडाउनको कारण लामो समयसम्म कक्षा नहुदा निर्धारीत समयमा कोर्स नभ्याउने, विद्यार्थी मनोवैज्ञानीक असर समेत पर्न सक्ने र बन्दको समयको पनि उच्चतम प्रयोग गर्न अनलाइनबाट कोष बाहिरको शिक्षा समेत दिने गरेको बताए ।

उनले विद्यार्थीलाई फोटोसप चलाउन र यहि अवधिमा टेलिसिरियल गडबढिमा समेत काम लकडाउन समेटर विद्यार्थीहरुले अभिनय गरेको बताए । उनले अनलाइन कक्षा शुरु गर्दा प्रबिधिबाट सञ्चालन गरिएको कक्षाले शिक्षक र बिद्यार्थी दुवै लाभान्वित भएको बताए । नीजि स्तरबाट सञ्चालित म्यानेजमेन्ट कलेजमा अहिले बिबिएस, कक्षा ११ को पढाइ हुदै आएको छ ।

कमेन्टहरु
Loading...